समाचार

उम्मेदवारहरु मतदाताको घरदैलोमा

२०७० असोज ३१ गते ४:४५

पोखरा, ३१ असोज–निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशनसँगै निर्वाचन चिह्न वितरण गरेपछि कास्कीका चार निर्वाचन क्षेत्रमा चुनावी वातावरण तातेको छ । उम्मेदवारहरु अहिले आ–आफनो क्षेत्रमा पुगी घरदैलो कार्यक्रम, कोणसभा एवम् भेटघाट जस्ता कार्यक्रममा व्यस्त हुन थालेका छन् । मतदाताहरुले पनि  चियापसल, भेटघाट...

दलहरु घोषणा पत्रको अन्तिम तयारीमा

२०७० असोज ३१ गते २:५२

काठमाण्डु ३१–उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भइसकेको छ भने दलहरुले समानुपातिक तर्फका उम्मेदवारको बन्द सूचिका लागि संसोधन गर्ने समय पनि शुरु भइसकेको छ । कात्तिक ५ गते भित्र उनीहरुले बन्दसूचि संसोधन गरिसक्नु पर्नेछ । अहिले उम्मेदवारहरु भोट माग्न गाउँ गाउँ पसिसकेका छन् । यसरी उम्मेदवार...

मतदाता शिक्षा कार्यक्रम कात्तिक महिनाभर

२०७० असोज ३१ गते २:३६

चितवन, ३१ असोज–बडा दसैँ पर्व सकिएलगत्तै गाउँगाउँमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ । निर्वाचन कार्यालय चितवनले कात्तिकको पहिलो साताबाट मतदाता शिक्षा स्वयम्सेवक र निर्वाचन शिक्षा कार्यकर्तालाई गाउँमा पठाउन लागेको हो । विद्यालयका शिक्षक शिक्षिका र गाउँ विकास समितिका सामाजिक परिचालकलाई मतदाता शिक्षा...

संशोधित बन्दसूची दर्ता सुरु, युरोपेली सङ्घको पर्यवेक्षण टोली बिहिवारदेखि कार्यक्षेत्रमा

२०७० असोज ३० गते १७:०९

काठमाण्डु,३० असोज–दोस्रो संविधानसभा निर्वाचनका लागि केही राजनीतिक दलहरूले समानुपातिकतर्फको संशोधित बन्दसूची निर्वाचन आयोगमा दर्ता गराएका छन् । निर्वाचन कार्यतालिकाअनुसार समानुपातिकतर्फको संशोधनसहितको बन्दसूची दर्ता गराउने समय आगामी कात्तिक ५ गतेसम्म तोकिएको छ । यसअघि दलहरूले आयोगसमक्ष प्रस्तुत गरेको समानुपातिक निर्वाचनको सूचीमा त्रुटि भेटिएको जनाउँदै आयोगले...

हुम्लावासीले फर्सि खाएर दसैँ मनाए

२०७० असोज ३० गते १६:३४

हुम्ला, ३० असोज –तिब्बतबाट भेँडाच्याङ्ग्रा नआएपछि हुम्लावासीले फर्सि खाएर दसैँ मनाएका छन् । प्रत्येक वर्ष तिब्बतको ताक्लाकोटबाट पाँच हजारको हाराहारीमा भेँडाच्याङ्ग्रा ल्याउने गरिएकामा यसपटक त्यस्तो हुन नसकेपछि हुम्ली जनताले भेँडाच्याङ्ग्राको सट्टा स्याउ, आलु र फर्सीको बलि चढाएर दसैँ मनाए । तिब्बतबाट भेँडाच्याङ्ग्रा नआएपछि स्थानीय...

बन्द हडताल नगर्ने एमालेको चुनावी संकल्प

२०७० असोज ३० गते १६:०९

काठमाण्डु, ३० असोज–नेकपा (एमाले) स्थायी समितिले निर्वाचन घोषणापत्रको अन्तिम मस्यौदा पारित गरेको छ ।     प्रत्यक्ष निर्वाचनबाट प्रधानमन्त्रीको चयन, सातवटा सङ्घीय प्रदेश निर्माण, मुलुकको सामाजिक–आर्थिक विकासका लागि मार्गचित्र निर्माणका साथै बन्द हड्तालजस्ता गतिविधि कदापि नगर्ने सङ्कल्प घोषणापत्रमा गरिएको एमाले नेता रघुजी पन्तले बताए ।...

संबिधानसभाको अन्तिम निर्वाचनमा परिवर्तनकारी शक्तिलाई बिजयी गराउन प्रचण्डको अपिल

२०७० असोज ३० गते १४:१७

काठमाण्डु ३० असोज–एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले आगामी मंसिर ४ गते हुन लागेको संबिधानसभाको अन्तिम निर्वाचनमा नेपालका अल्पसंख्यक र सीमान्तकृत वर्गको पहिचान र अधिकारलाई संस्थागत गर्न परिवर्तनकारी शक्तिलाई बिजयी गराउन पहलकदमी लिन अपिल गरेका छन । मुश्लीम समुदायको महान् चाड ईदुलअजहा (कुर्वानी)को अवसरमा शुभकामना दिदै...

निर्वाचन आचारसंहिताको व्यापक उल्लङ्घन

२०७० असोज ३० गते १४:११

गौशाला, ३० असोज–संविधानसभाको निर्वाचनमा उम्मेदवारका लागि निर्वाचन आयोगले निर्धारण गरेको निर्वाचन आचारसंहिताको महोत्तरी जिल्लामा व्यापक उल्लङ्घन भइरहेको छ । आयोगले उम्मेदवारका लागि शुभकामना आदानप्रदान, भोजभतेर आयोजना, रुपैँया पैसा वितरण, पार्टीको छाप अङ्कित गञ्जी, टोपी, ब्यागको प्रयोगजस्ता कुरामा प्रतिबन्ध लगाएको भएपनि महोत्तरीका धेरैजसो उम्मेदवार तथा...

निर्वाचनको सम्पूर्ण तयारी पूरा

२०७० असोज ३० गते १४:०६

सप्तरी, ३० असोज–निर्वाचन आयोगका आयुक्त डा अयोधीप्रसाद यादवले आसन्न संविधानसभाको निर्वाचनका लागि मतपत्र छपाइबाहेक सम्पूर्ण तयारी पूरा भइसकेको बताएका छन । जिल्ला निर्वाचन कार्यालय सप्तरीद्वारा बुधवार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा आयुक्त यादवले निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले मतपत्र छपाइलाई तीव्रता...

पार्वती थापालाई आइजीपी बनाउन महिला अधिकारकर्मीको लविङ

२०७० असोज ३० गते १३:५८

काठमाण्डु, ३० असोज–महिला अधिकारकर्मीहरुले डिआईजी पार्वती थापा मगरको न्यायसंगत ढँगले आईजीपीमा बढुवा नभए सशत आन्दोलन गर्ने चेतावनी दिएका छन् । विभिन्न महिला अधिकार संगठनमा आवद्ध अधिकारकर्मीहरुले काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनमा थापाको बढुवामा पुरुष प्रधान भेदभाव आफुहरुलाई स्वीकार्य नहुने बताए । आगामी कार्तिक ३१ मा...

दसैँको शुभकामनासँगै चुनावको कामना

२०७० असोज ३० गते १३:४१

काठमाण्डु,३० असोज–विजयादशमीको समयमा पनि यसपटक संविधानसभा सदस्य निर्वाचनको विषयको चर्चा हुनुका साथै माहोल कायमै रह्यो । दसैँको शुभकामनासँगै राष्ट्रपति, उपराष्ट्रपति, मन्त्रिपरिषद्का अध्यक्षलगायत शीर्ष नेताहरूले संविधानसभाको निर्वाचनको सफलताको कामना गरे । उनीहरुले देशको संविधान निर्माणका लागि संविधानसभाको निर्वाचन अपरिहार्य रहेको र यसबाट समावेशी, गणतान्त्रिक र...

एमालेको घोषणापत्रमा सात प्रदेशको प्रस्ताव

२०७० असोज ३० गते १३:३५

काठमाण्डु ३० असोज–नेकपा एमालेले ७ प्रदेश हुनु पर्ने प्रस्ताव सहितको घोषणा पत्र तयार पारेको छ । स्थायी कमिटीको मंगलवारको बैठकले बहुपहिचानमा आधारित ७ प्रदेश हुने प्रस्ताव सहितको घोषणा पत्र तयार पारेको हो । विघटित संविधानसभामा प्रदेशको नाम र सिमांकनमा निक्कै विवाद भएपछि एमालेले त्यो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us