समाचार

बहुमत आए सविधान बन्ने प्रचण्डको दाबी,चुनावी घोषणापत्र सार्वजनिक शनिबार

२०७० कार्तिक १ गते १३:५९

काठमाण्डु, १ कात्तिक– एकीकृत माओवादीले आफ्नो चुनावी घोषणापत्र शनिबार सार्वजनिक गर्ने भएको छ । माओवादीले शनिबार बिहान ९ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा विशेष पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गर्न लागिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । माओवादीले घोषणापत्रमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र...

‘गैरआवासीय नेपाली र नेपाल: समृद्धिका साझेदार’

२०७० कार्तिक १ गते १३:२१

काठमाण्डु, १ कात्तिक–‘गैरआवासीय नेपाली र नेपाल:समृद्धिका साझेदार’ भन्ने नाराका साथ शनिवारदेखि छैठौ  गैरआवासीय विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशन सुरु हुँदैछ । संघको अन्तर्राष्ट्रिय महाधिवेशन शनिवार र आइतवार र गैरआवासीय विश्व सम्मेलन सोमबार र मङ्गलबार गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ । राष्ट्रपति...

काँग्रेसले प्रदेश संख्याबाहेक घोषणापत्रका विषय टुंग्यायो

२०७० कार्तिक १ गते १३:०५

काठमाण्डु, १ कात्तिक– नेपाली काँग्रेसले राज्य पुनर्संरचना गर्दा प्रदेशको संख्याबाहेक चुनावी घोषणापत्रका अन्य विषयको टुंगो लगाएको छ । चुनावी घोषणापत्र मस्यौदा समितिको शुक्रबार राजधानीमा बसेको बैठकले प्रदेशको संख्याबाहेक अन्य विषयमा टुंगो लगाइएको समिति सदस्य रामशरण महतले जानकारी दिए । उनले प्रदेशको संख्याबारे शीर्ष नेतृत्वसँग...

सद्भावना महतोबाट घोषणपत्र सार्वजनिक

२०७० कार्तिक १ गते १२:३३

काठमाण्डु, १ कात्तिक– राजेन्द्र महतो नेतृत्वको नेपाल सद्भावना पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गरी अध्यक्ष महतोले घोषणापत्र सार्वजनिक गरे । घोषणापत्रमा तराई–मधेसमा बढीमा २ प्रदेशको प्रस्ताव गरिएको छ । सद्भावनाले चुनावी घोषणापत्रमा राज्य पुन:संरचना आयोगले गरेको १०...

प्रचण्ड राष्ट्रपति हुन सक्दैनन्: खनाल

२०७० कार्तिक १ गते १०:४०

विराटनगर, १ कात्तिक– एमाले अध्यक्ष झलनाथ खनालले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संविधानसभा निर्वाचनपछि राष्ट्रपति बन्न नसक्ने बताएका छन् । चुनावी प्रचार–प्रसारका लागि गृहजिल्ला इलाम जाने क्रममा विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष खनालले राष्ट्रपति प्रचण्डको राष्ट्रपति बन्ने सपना पूरा नहुने बताए...

चुनाव भए पनि संविधान बन्दैन: गुरुङ

२०७० कार्तिक १ गते १०:३८

काठमाण्डु, १ कात्तिक– नेकपा–माओवादीका सचिव देव गुरुङले ४ मंसिरमा निर्वाचन भए पनि संविधानसभाबाट संविधान नबन्ने दाबी गरेका छन् । राजधानीमा शुक्रबार भएको कार्यक्रममा उनले सरकार र चार दलले जवर्जस्ती गर्न लागेको निर्वाचनले सकारात्मक परिणान नदिने बताए । उनले सकेसम्म संविधान नै नलेखिने र लेखिए...

राजनीतिक स्थिरताका लागि राष्ट्रपतीय व्यवस्था

२०७० कार्तिक १ गते १०:०४

म्याग्दी, १ कात्तिक–एकीकृत नेकपा (माओवादी)का नेता लोकेन्द्र बिष्टमगरले विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय व्यवस्था उपयुक्त हुने बताएका छन ।शुक्रबार गुर्जा गाविसमा चुनाव प्रचारप्रसार अभियानअन्तर्गत आमसभामा बिष्ट मगरले राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै जनताको अधिकार स्थापित गर्न नयाँ संविधान बनाउन एमाओवादीलाई मतदान गर्न आग्रह गरे...

निर्वाचन सुरक्षार्थ १ लाख १५ हजार प्रहरी खटाइने

२०७० कार्तिक १ गते ८:४३

पोखरा, १ कात्तिक – सरकारले आसन्न संविधानसभा निर्वाचन सुरक्षाका लागि एक लाख १५ हजार प्रहरी परिचालन गर्ने भएको छ । सरकारले निर्वाचन सुरक्षाका लागि सशस्त्र र जनपद गरी एक लाख १५ हजार सुरक्षाकर्मी खटाउने भएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीको नवनिर्मित भवनको बिहीबार...

खोजी सहयोगी हातहरुको

२०७० कार्तिक १ गते ७:०१

यी हुन तनहुँ छिपछिपेका २८ बर्षीय हेमराज गुरुङ । यिनको अनुहारमा मासुको डल्लो पलाएको बर्षौ भइसकेको छ ।  उपचारका लागि चितवनको भरतपुर स्थित क्यान्सर र भारतका विभिन्न अस्पतालमा पुगिसकेका गुरुङको रोग निको हुन सकेको छैन । उनी थप उपचारका लागि काठमाण्डुस्थित सुस्मा मेमोरियल अस्पतालमा...

सल्लाहकार गौतमको निधन,तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने

२०७० कार्तिक १ गते ६:५४

काठमाण्डु, १ कात्तिक–नेकपा–माओवादीका केन्द्रीय सल्लाहकार तथा पूर्वसांसद् शिवराज गौतमको निधन भएको छ । रक्तक्यान्सरबाट पीडित गौतमको उपचारका क्रममा गएराति अल्का अस्पताल जावलाखेलमा निधन भएको हो । पहिलो संविधानसभा चुनावमा गौतम दाङ–४ बाट १८ हजार ८ सय ५४ मतका साथ निर्वाचित भएका थिए  । उनी...

संघीयता खारेज गर्नुपर्छ : केसी

२०७० कार्तिक १ गते ६:११

अर्घाखाँची, १ कात्तिक– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता खारेज गर्नुपर्ने बताएका छन् । अर्घाखाँचीमा शुक्रबार भएको एक कार्यक्रममा उनले संघीयता मुलुक टुक्र्याउने मुद्धा भएकाले त्यसलाई खारेज गरिनुपर्ने बताए । संघीयताकै कारण गत संविधानसभाबाट संविधान बन्न नसकेको उनको भनाइ थियो । केसीले जातीय संघीयता...

दसैँलगत्तै अस्पतालमा बिरामीको चाप बढ्यो

२०७० कार्तिक १ गते ५:११

गाईघाट,१ कात्तिक–जिल्ला अस्पताल उदयपुरमा बडादसैँ सकिनै लाग्दा बिरामीको चाप फेरि बढ्न थालेको छ । दसैँको एक हप्ताअघि देखि जिल्ला अस्पतालमा बिरामीको चाप क्रमशः घट्दै गएको भए तापनि दसैँको तृत्तीयादेखि बिस्तारै पुनः वृद्धि हुन थालेको हो । अहिले दुई दिनभित्र मात्र झन्डै ३० जना बिरामी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us