बहुमत आए सविधान बन्ने प्रचण्डको दाबी,चुनावी घोषणापत्र सार्वजनिक शनिबार

काठमाण्डु टुडे २०७० कार्तिक १ गते १३:५९ मा प्रकाशित

काठमाण्डु, १ कात्तिक– एकीकृत माओवादीले आफ्नो चुनावी घोषणापत्र शनिबार सार्वजनिक गर्ने भएको छ ।
माओवादीले शनिबार बिहान ९ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा विशेष पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गर्न लागिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए maoist flag। माओवादीले घोषणापत्रमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र सदनबाट निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था प्रस्ताव गरेको छ ।

यस्तै राज्यको पुनर्संरचना गर्दा राज्य पुनर्संरचना समितिको १४ र राज्य पनुर्संरचना आयोगले पेश गरेको १० प्रदेशको सुझावका आधारमा निष्कर्षमा पुग्न सकिने घोषणपत्रमा उल्लेख गरिएको सापकोटाले बताए । गणतन्त्रको मोडल समावेशी, समानुपातिक सहभागितामूलक नेपाली विशेषतासहितको मैलिक लोकतन्त्र हुने घोषणपत्रमा स्पष्ट उल्ले गरिएको पनि सापकोटाले जानकारी दिए ।
उनका अनुसार विगतमा संविधानसभाबाट संविधान बन्न नसक्नुको कारणसहित ६ महिनामा मस्यौदा तयार पारी एक वर्षभित्र संविधान जारी गरिसक्ने प्रतिबद्धता घोषणपत्रमा गरिएको छ । घोषणापत्रमा माओवादीले विगतमा संविधान निर्माण प्रक्रियामा सभासदहरुलाई समयमै सहभागी गराउन नसक्नु र प्रक्रियामा नलैजानु कमजोरी भएको स्वीकार गर्दै अब सिधै प्रक्रियामा लगिने उल्लेख गरेको छ ।

चुनावी घोषाणपत्रको मुख्य नारा ‘पहिचानसहितको संघीयता, समावेशी समानुपातिक लोकतन्त्र, नेपालको समग्र विकास एकीकृत माओवादीको मूलमन्त्र’ भन्ने रहेको छ । यस्तै ‘पहिचानसहितको संघीयता पक्षधरर्ला दुई तिहाई मत, स्थिर सरकारका लागि एकीकृत माओवादीलाइर्ए पूर्ण बहुमत’, ‘एकीकृत माओवादीको परिकल्पना, स्वाधीन समृद्ध र नयाँ नेपालको स्थापना’, ‘जसको नीति उसको नेतृत्व, राष्ट्रको नेता अध्यक्ष प्रचण्डजस्ता सहायक नारा घोषणपत्रमा समेटिएको छ ।

घोषणापत्रमा सामाजिक न्यायसहितको तीव्र आर्थिक विकास तथा रोजगारीका अवसरहरु मार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिइएको छ । न्यून आर्थिक स्तर भएका जनताको आडमा राष्ट्रियता सवल हुन नसक्ने निष्कर्षसहित माओवादीले खोक्रो नाराले राष्ट्रियता बलियो हुन नसक्ने भन्दै परम्पारावादी सामन्ती राष्ट्रवादको साटो प्रगतिशील राष्ट्रवादको नीति अंगिकार गरिने उल्लेख घोषणापत्रमा गरेको छ ।

यस्तै राष्ट्रिय जनमुखी तथा स्थिर र भ्रष्टाचारमुक्त सरकार निर्माण मुलुकको आवश्यता भएको औंल्याइएको छ । माओवादीले जनताको स्वास्थ्य, शिक्षा,  रोजगारी खाद्य सम्प्रभुता तथा आवाशलाई राज्यले संवैधानिक अधिकारका रुपमा सुनिश्चित गर्नुपर्ने अवाधारण अघि सारेको छ । प्रवक्ता सापकोटाले १०, २० र ४० वर्षमा कस्तो नेपाल बनाउने भन्ने परिकल्पना घोषाणपत्रमा गरिएको बताए ।

prachanda_communist_fistबुटवलमा शुक्रबार भएको पार्टी प्रवेश कार्यक्रममा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीको बहुमत आए मात्र सबै उत्पीडित, क्षेत्र, जाति र वर्गको अधिकार सुनिश्चित गर्ने संविधान बन्ने दाबी गरे । उनले पार्टीलाई बहुमत दिलाउन एकताबद्ध भएर खटिन पार्टी कार्यकर्तालाई निर्देशनसमेत दिए । उनले दुई तिहाई बहुमतबिना कसैले पनि संविधान जारी गर्न नसक्ने भएकाले माओवादीलाई नदिए पनि अरु कसैलाई बहुमत दिन मतदातालाई अपिल गरे ।
कार्यक्रममा रुपन्देही, नवलपरासी र कपिलवस्तुका ४ सयभन्दा धेरै एमाले–कांग्रेसलगायत दलका कार्यकर्ता आफ्नो पार्टी प्रवेश गरेको एमाओवादी रुपन्देहीले जनाएको छ । नवप्रवेशीलाई अध्यक्ष प्रचण्ड र नेता बाबुराम भट्टराईले टीका लगाएर पार्टीमा स्वागत गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us