प्रचण्ड राष्ट्रपति हुन सक्दैनन्: खनाल

काठमाण्डु टुडे २०७० कार्तिक १ गते १०:४० मा प्रकाशित

विराटनगर, १ कात्तिक– एमाले अध्यक्ष झलनाथ खनालले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संविधानसभा निर्वाचनपछि राष्ट्रपति बन्न JN-Khanalनसक्ने बताएका छन् ।
चुनावी प्रचार–प्रसारका लागि गृहजिल्ला इलाम जाने क्रममा विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष खनालले राष्ट्रपति प्रचण्डको राष्ट्रपति बन्ने सपना पूरा नहुने बताए ।

उनले राष्ट्रपति बन्ने सपना देख्न छाड्न प्रचण्डलाई आग्रह गरे । पार्टीको चुनावी घोषणापत्रमा लेख्दैमा कोही राष्ट्रपति बन्न नसक्ने उनको भनाइ थियो ।

उनले आसन्न संविधानसभाले संघीयतासम्बन्धी विवाद टुंग्याउने र एक वर्षभित्रमा संविधान जारी गर्ने दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us