निर्वाचनमा होमिन मन्त्रिपरिषद् अध्यक्षको आग्रह

काठमाण्डु टुडे २०७० असोज २८ गते १३:०१ मा प्रकाशित

काठमाण्डु, २८ असोज -अध्यक्ष खिलराज रेग्मीले संविधानसभा निर्वाचन नेपाल र नेपालीको भविष्यसँग जोडिएको बताएका छन् ।
khilrajबडादशैंका अवसरमा सोमबार आफ्नो सरकारी निवास बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधानसभा निर्वाचन मुलुक र मुलुकबासीको भविष्यसँग गाँसिएको बताएका हुन् । उनले संविधानसभा निर्वाचनमा होमिन राजनीतिक दल र आमजनतालाई आग्रह गरे ।

उनले निर्वाचन भइरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार तयार रहेको रेग्मीको भनाइ छ । उनले निर्वाचन सम्पन्न गर्ने कार्यमा जनताबाट सरकारलाई सहयोग प्राप्त हुने विश्वाससमेत व्यक्त गरे ।

अर्को फरक प्रसंगमा अध्यक्ष रेग्मीले विगतमा संविधानसभाबाट संविधान नबनेकामा प्रश्न नउठाउन पनि आग्रह गरे । उनले अघिल्लो संविधानसभाबाट जारी हुन नसकेको संविधान आगामी संविधानसभाले जारी गर्ने दाबी गरे ।

उनले संविधानसभा निर्वाचनका उम्मेदवारको सुरक्षामा सरकार गम्भीर भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us