‘बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैन’

काठमाण्डु टुडे २०७० असोज २८ गते १०:५४ मा प्रकाशित

 maharaरोल्पा, असोज २८ एकीकृत नेकपा माओवादीका नेता कृष्णबहादुर महराले आफ्नो पार्टीले दुई तिहाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने बताएका छन् । देश निर्माण गर्न माओवादीमात्र सक्षम पार्टी भएको दाबी गर्दै अबको निर्वाचनमा जनताले विश्वासका साथ विजय गराउने बताए ।

रोल्पा क्षेत्र नं. १ का उम्मेदवार समेत रहेका महराले पहिलो संविधानसभाले संविधान निर्माण नगरी असान भएकोमा दुःख व्यक्त गर्दै अवको संविधानसभाले जनताको संविधान लेखेरै छोड्ने दाबी गरेका छन् । जनताको भाग्य र भविष्यको फैसला गर्ने संविधानसभाको निर्वाचन भएकाले परिवर्तनकारी शक्तिको विजय हुने उनको दावी छ । संविधानसभाको निर्वाचन पटकपटक हुने निर्वाचन नभएकाले चुनामा सहभागि हुन सवैलाई अनुरोधसमेत गरेका छन ।
आफूहरुले प्रगतिशील राष्ट्रवाद चाहेको र आफ्नो मुख्य एजेन्डा पनि त्यही भएकाले सबै गोलबन्द हुनुपर्ने उनले बताए ।    पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका महराले पटकपटक सरकार फेरिने चलनले पनि देशमा विकास हुन नसकेको बताउँदै स्थीर सरकार हुनुपर्ने बताए । स्थीर तथा जनपक्ष्ीाय संविधान निर्माणको लागि अफ्नो पार्टीलाई विजय गारउनै पर्ने जिकिर उनको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us