समानुपातिकतर्फको ७४ लाख मतपत्र छापियो

काठमाण्डु टुडे २०७० असोज २७ गते ११:०९ मा प्रकाशित

काठमाण्डु, २७ असोज–दोस्रो संविधानसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको ७४ लाख मतपत्र छापिसकिएको निर्वाचन आयोगले जनाएको छ ।

matpatraआयोग प्रवक्ता वीरबहादुर राईले आइतबारसम्ममा ७४ लाख मतपत्र छापिसकिएको र भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छाप्ने काम जारी रहेको जानकारी दिए ।

उनले दसैंको बिदामा पनि मतपत्र छाप्ने काम जारी राखिएकाले केही दिनमै मतपत्र छाप्ने काम पूरा हुने विश्वास व्यक्त गरे ।
आयोगका अनुसार समानुपातिक निर्वाचनका लागि हल्का रातो र र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि नीलो रङ गरी दुई रङका मतपत्र छाप्ने काम भइरहेको छ । समानुपातिकका साथै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि पनि गत शुक्रबारदेखि छपाइ सुरु भएको आयोगले जनाएको छ ।
निर्वाचन नजिकिँदै जाँदा दसैंको चटारामा पनि आयोगका कर्मचारी निर्वाचनसम्बन्धी काममा व्यस्त छन् ।
आयोगका प्रवक्ता राईले सोमबार विजयादशमीका दिन मात्रै आयोग कार्यालय बन्द हुने र मङ्गलबारदेखि कार्यालय पूर्ववत् सञ्चालन हुने जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us