समाचार

बारा क्षेत्र नं.४ को निर्बाचन कार्यक्रम स्थगित

२०७० असोज २५ गते १४:२५

काठमाण्डु, २५ असोज–बारा क्षेत्रनम्बर ४ को कार्यक्रम तत्कालकोलागि स्थगित भएको छ । सो क्षेत्रका एमाले उम्मेदवार मोहमद आलमको हत्या भएपछि निर्बाचन आयोगले निर्बाचन कार्यक्रम स्थगित गरेको हो । अर्का उम्मेदवार चयन गर्न एमालेलाई समय दिन निर्बाचन कार्यक्रम केही दिनकालागि स्थगित गरिए पनि सो क्षेत्रमा...

दोलखामा बस दुर्घटना, १० को मृत्यु

२०७० असोज २५ गते १०:३७

चरिकोट, २५ असोज–दोलखामा शुक्रबार दिउँसो बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । अन्य २२ जना घाइते भएका छन् । बा २ ख ९२०० नम्बरको बस लाकुरीडाँडा–९ झिँगालीमा दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै र एकजनाको सामुदायीक अस्पताल चरिकोटमा उपचारको क्रममा मृत्यु भएको हो...

लोकतान्त्रिक संविधान बनाउन लोकतान्त्रिक शक्तिले जित्नुपर्छ – देउवा

२०७० असोज २५ गते ८:४२

लोकतान्त्रिक संविधान बनाउन लोकतान्त्रिक शक्तिले जित्नुपर्छ – देउवा काठमाण्डु २५ असोज । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पिछडिएका, जनजाति, आदिवासी, अल्पसङ्ख्यकलगायत सबैको अधिकार सुनिश्चित गर्न लोकतान्त्रिक संविधान बनाउनु आवश्यक रहेकाले लोकतान्त्रिक शक्तिलाई चुनावमा जिताउन आग्रह गरेका छन । हाम्रो मित्र युवा समूह छत्रपाटीले...

६ महिनामा संबिधानको मस्यौदा तयार गरी एक बर्ष भित्र घोषणा गर्ने योजना

२०७० असोज २५ गते ८:३२

काठमाण्डु २५ असोज- नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले ६ महिनाभित्र संविधानको खाका बनाई एक वर्षभित्र घोषणा गरिने प्रतिबद्धता व्यक्त गरेका छन । यसअघि एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले पनि यस्तै प्रतिबद्धता व्यक्त गरेका थिए । नेता नेपाललले जनताले विवेकपूर्ण तरीकाले मतदानको सही सदुपयोग...

संविधानमा जनप्रतिनिधि फिर्ता बोलाउने व्यवस्था गर्न एमाओवादीको प्रस्ताव

२०७० असोज २५ गते ७:२२

काठमाण्डु, २५ असोज–एकीकृत नेकपा माओवादीले आगामी संविधानमा जननिर्वाचित प्रतिनिधिलाई जनताले फिर्ता बोलाउन सक्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सार्ने भएको छ । लोकतन्त्रको दिगो विकास र स्थायित्वका लागि चुनावी घोषणापत्रमा त्यस्तो व्यवस्था गर्ने एमाओवादीको भनाइ छ ।...

एमाओवादी नेतामाथि वैद्य माओवादीको आक्रमण

२०७० असोज २५ गते ६:४२

बेनी, २५ असोज– मोहन वैद्य नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताको आक्रमणमा एकीकृत नेकपा माओवादीका उम्मेदवारसहित दुईजना घाइते भएका छन् । चुनावी प्रचारका क्रममा म्याग्दीको बिम गाविस पुगेको एमाओवादी टोलीमाथि वैद्य माओवादीको लडाकु दस्ता जनस्वयम् सेवक ब्युरोका कार्यकर्ताले आक्रमण गरेका हुन् । आक्रमणमा एमाओवादीका समानुपातिक उम्मेदवारसमेत...

कतै दशैंको चहलपहल कतै भूत मेला

२०७० असोज २५ गते ६:२४

महोत्तरी, २५ असोज-देशभर दशैंको रौनक चलिरहँदा महोत्तरीको सोनामाई शक्तिपीठमा भने आजदेखि भूत मेला सुरु भएको छ । सोनामाई गाविस ४ मा अवस्थित सोनामाई मन्दिर परापूर्वकालदेखि नै भूतमेलाका लागि प्रख्यात छ । यहाँ हरेक वर्ष बडादसैँमा भूतमेला लाग्ने गर्दछ । बडादशैंको सप्तमीदेखि विजयादशमीको दिनसम्म चल्ने...

बर्थडेमा लडेर कामु प्रधानन्यायाधीश शर्मा घाइते

२०७० असोज २५ गते ३:४६

काठमाण्डु, २५ असोज–कायम मुकायम प्रधानन्यायाधीश दामोदर प्रसाद शर्मा काठमाण्डुको आरुबारीस्थित आफ्नै घरमा लडेर घाइते भएका छन् । घरमा लगाइएको सप्ताह पुराणमा काम गर्ने सिलसिलामा लडेर उनी घाइते भएका हुन् । विहीबार राती लडेलगत्तै उनलाई बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारकोलागि भर्ना गरिएको थियो । उपचारपछि शुक्रबार...

प्रत्यक्षतर्फको मतपत्र छाप्न शुरु

२०७० असोज २५ गते ३:२४

काठमाण्डु, २५ असोज–निर्वाचन आयोगले संविधानसभा निर्वाचनको प्रत्यक्ष प्रणालीतर्फको मतपत्रको छपाइ शुक्रबारबाट शुरु गरेको छ । प्रत्यक्षतर्फका दलीय र स्वतन्त्र तर्फका उम्मेदवारहरुलाई विहीबार चुनाव चिन्ह वितरण गरेको आयोगले शुक्रबारबाट मतपत्र छपाइको काम शुरु गरेको हो । मतपत्र छपाइको काम सकेर कात्तिक तेस्रोसाता भित्र सबै जिल्लामा...

एमाओवादी समानुपातिक उम्मेदवारको सूची दशैंपछि टुंगो लाग्ने

२०७० असोज २५ गते ३:१२

काठमाण्डु, २५ असोज–एकीकृत नेकपा माओवादीले समानुपातिक तर्फका उम्मेदवारहरुको सूचीलाई दशैंपछि मात्रै अन्तिम रुप दिने भएको छ । उमेदवार छनौट समितिका नेताहरु मनोनयन दर्तालगत्तै आ–आफ्नो क्षेत्रमा गएकाले दशैंअघि समानुपातिकको सूचीलाई अन्तिम रुप दिन नसकेको एमाओवादीको भनाइ छ । ‘कात्तिक पहिलो सातासम्म समानुपातिकको सूची सच्याउन मिल्ने...

आलमको शवयात्रा सहित अन्त्येष्टि गरिदै

२०७० असोज २५ गते ३:१०

काठमाण्डु, २५ असोज–अज्ञात समूहको गोली प्रहारबाट ज्यान गुमाएका एमाले बारा क्षेत्रनम्बर ४ का उम्मेदवार मुहमद आलमको शुक्रबार अन्त्येष्टि गरिदै छ । दिउँसो शवयात्रा सहित बाराको परवानीपुरमा लगेर मुस्लीम परम्पराअनुसार उनको अन्त्येष्टि गरिने छ । बाराको लिपनीमान–१ घर भएका उनलाई यही असोज १८ गते भारतीय...

विधिपूर्वक घर-घरमा फूलपाती भित्राइयो

२०७० असोज २५ गते ३:१०

काठमाण्डु, २५ असोज–दशैंको सातौं दिन शुक्रबार परम्पराअनुसार घरघरमा फूलपाती भित्रयाइएको छ । उँखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती र अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक फूलपाती भित्राउने चलन छ । काठमाण्डुको हनुमानढोकास्थित दशैंघरमा बिहान ९ बजेर ३१ मिनेटको साइतमा फूलपाती...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us