लोकतान्त्रिक संविधान बनाउन लोकतान्त्रिक शक्तिले जित्नुपर्छ – देउवा

काठमाण्डु टुडे २०७० असोज २५ गते ८:४२ मा प्रकाशित

लोकतान्त्रिक संविधान बनाउन लोकतान्त्रिक शक्तिले जित्नुपर्छ – देउवा
sher_Bahadur_Deubaकाठमाण्डु २५ असोज । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पिछडिएका, जनजाति, आदिवासी, अल्पसङ्ख्यकलगायत सबैको अधिकार सुनिश्चित गर्न लोकतान्त्रिक संविधान बनाउनु आवश्यक रहेकाले लोकतान्त्रिक शक्तिलाई चुनावमा जिताउन आग्रह गरेका छन ।
हाम्रो मित्र युवा समूह छत्रपाटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता देउवाले निर्वाचन बहिष्कार गरेको नेकपा–माओवादीलाई निर्वाचनको बेला कसैलाई पनि बाधा नगर्न र निर्वाचनमा निर्बाध सहभागी हुनका लागि सहयोग पु¥याउन पनि आग्रह गरे ।
पार्टी महामन्त्री प्रकाशमान सिंहले देशमा स्थायी शान्ति र विकासका लागि लोकतान्त्रिक संविधान बनाउन आवश्यक छ भन्दै त्यसका लागि लोकतान्त्रिक शक्तिले नै आगामी संविधानसभा निर्वाचन जित्नुपर्नेमा जोड दिए । उनले विगतका ठुल्ठूला आन्दोलनको नेतृत्व गरेको काँग्रेसलाई आगामी निर्वाचनमा विजयी गराएर संविधान निर्माणको जिम्मेवारी दिन सबैसँग आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us