बारा क्षेत्र नं.४ को निर्बाचन कार्यक्रम स्थगित

काठमाण्डु टुडे २०७० असोज २५ गते १४:२५ मा प्रकाशित

काठमाण्डु, २५ असोज–बारा क्षेत्रनम्बर ४ को कार्यक्रम तत्कालकोलागि स्थगित भएको छ । सो क्षेत्रका एमाले उम्मेदवार मोहमद आलमको हत्या भएपछि election commition of nepalनिर्बाचन आयोगले निर्बाचन कार्यक्रम स्थगित गरेको हो ।

अर्का उम्मेदवार चयन गर्न एमालेलाई समय दिन निर्बाचन कार्यक्रम केही दिनकालागि स्थगित गरिए पनि सो क्षेत्रमा मंसिर चारमै चुनाव हुने आयुक्त दोलख बहादुर गुरुङले जानकारी दिए ।

सो क्षेत्रमा एमालेले आलमकी पत्नी नेजमा खातुनलाई उम्मेदवार बनाउने भएको छ । एमाले बरिष्ठ नेता माधव नेपालले आलमको अभियानलाई निरन्तरता दिन पत्नी नेजमालाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरिसकेको जानकारी दिए ।

आलमको अन्त्येष्टि

यसैबीच अज्ञात समुहको गोली प्रहारबाट उपचारको क्रममा मृत्यु भएका बारा क्षेत्र नम्बर ४ का एमाले उम्मेदवार मोहम्मद आलमको शुक्रबार अन्त्यष्टि गरिएको छ । बाराको लिपनीमानमा मुस्लिम परम्परा अनुसार उनको अन्तिम संस्कार गरिएको हो ।

आलमको अन्त्येष्टिकालागि एमाले नेता माधव कुमार नेपाल र केपी ओली पनि बारा पुगेका थिए । अन्त्येष्टि अघि शवयात्रा निकालिएको थियो ।

अज्ञात समूहले यही असोज १८ गते हानेको गोली लागेर घाइते आलमको उपचारको क्रममा हिजो मध्यान्ह काठमाडौंस्थित महाराजगन्ज शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us