६ महिनामा संबिधानको मस्यौदा तयार गरी एक बर्ष भित्र घोषणा गर्ने योजना

काठमाण्डु टुडे २०७० असोज २५ गते ८:३२ मा प्रकाशित

Madhav-Nepalकाठमाण्डु २५ असोज- नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले ६ महिनाभित्र संविधानको खाका बनाई एक वर्षभित्र घोषणा गरिने प्रतिबद्धता व्यक्त गरेका छन । यसअघि एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले पनि यस्तै प्रतिबद्धता व्यक्त गरेका थिए ।
नेता नेपाललले जनताले विवेकपूर्ण तरीकाले मतदानको सही सदुपयोग गरी संविधान निर्माणमा जिम्मेवारी वहन गर्नुपर्ने बताए । कोटेश्वरस्थित सहयोगी नगर समाज र सहयोगी युवा क्लबले दसैँ, इद, तिहार, छठ र नेपाल संवत् ११३४ का अवसरमा यहाँ आयोजना गरेको शुभकामना कार्यक्रममा वरिष्ठ नेता नेपालले जनताका उम्मेदवार मारिएको अवस्थामा सुरक्षा व्यवस्था कडा बनाउन सरकारसँग माग गरे ।
एक प्रसङ्गमा पूर्वप्रधानमन्त्री नेपालले सबैलाई आआफ्नो संस्कृतिअनुसारको चाडपर्व महत्वपूर्ण हुने भएपनि त्यसको सकारात्मक प्रभाव अन्य समुदायलाई पर्ने हुँदा त्यसले राष्ट्रिय एकता सुदृढ गर्ने विश्वास पनि व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us