एमाओवादी समानुपातिक उम्मेदवारको सूची दशैंपछि टुंगो लाग्ने

काठमाण्डु टुडे २०७० असोज २५ गते ३:१२ मा प्रकाशित

UCPN-Maoistकाठमाण्डु, २५ असोज–एकीकृत नेकपा माओवादीले समानुपातिक तर्फका उम्मेदवारहरुको सूचीलाई दशैंपछि मात्रै अन्तिम रुप दिने भएको छ । उमेदवार छनौट समितिका नेताहरु मनोनयन दर्तालगत्तै आ–आफ्नो क्षेत्रमा गएकाले दशैंअघि समानुपातिकको सूचीलाई अन्तिम रुप दिन नसकेको एमाओवादीको भनाइ छ ।

‘कात्तिक पहिलो सातासम्म समानुपातिकको सूची सच्याउन मिल्ने भएकाले छनोट प्रकृया देशैंपछि सारिएको हो,’ उमेदवार छनोट समितिका संयोजक पोष्ट बहादुर बोगटीले भने ।

यसअघि निर्वाचन आयोगमा बुझाइएको सूची अन्तिम नभएको भन्दै एमाओवादीले त्यसमा हेरफेरको गृहकार्य जारी राखेको छ । हालको समानुपातिक तर्फको सूचीलाई लिएर असन्तुष्टि कायम छ । प्रत्यक्ष उम्मेदवारमा दावी गरे पनि टिकट नपाएकाहरुले समानुपातिकमा पार्न नेतृत्वलाई दवाव दिदै आएका छन् ।

आयोगमा बुझाइएको समानुपातिक तर्फका उम्मेदवारहरुको प्रारम्भिक सूचीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठका साथै अन्य प्रभावशाली नेताका नजिकका व्यक्तिहरु मात्र परेको कार्यकर्ताहरुको गुनासो छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us