आलमको शवयात्रा सहित अन्त्येष्टि गरिदै

काठमाण्डु टुडे २०७० असोज २५ गते ३:१० मा प्रकाशित

Jhalnath-Khanalकाठमाण्डु, २५ असोज–अज्ञात समूहको गोली प्रहारबाट ज्यान गुमाएका एमाले बारा क्षेत्रनम्बर ४ का उम्मेदवार मुहमद आलमको शुक्रबार अन्त्येष्टि गरिदै छ । दिउँसो शवयात्रा सहित बाराको परवानीपुरमा लगेर मुस्लीम परम्पराअनुसार उनको अन्त्येष्टि गरिने छ ।

बाराको लिपनीमान–१ घर भएका उनलाई यही असोज १८ गते भारतीय मोटरसाइकलमा सवार अज्ञात व्यक्तिहरुले गोली हानेका थिए । उनको उपचारको क्रममा विहीबार काठमाण्डु शिक्षण अस्पतालमा निधन भएको थियो । एमाले केन्द्रीय कार्यालय बल्खुमा श्रद्धान्जली कार्यक्रम गरी उनको पार्थिव शरिरलाई विहीबारै हेलिकोप्टरमार्फत् बारा लगिएको थियो ।

गोली हान्ने समूहको अझै पहिचान भएको छैन । सरकारले दीनकर शमसेर राणा र प्रहरीले ईश्वरबाबु कार्कीको नेतृत्वमा दुई छुट्टा छुट्टै अनुसन्धान टोली गठन गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us