बर्थडेमा लडेर कामु प्रधानन्यायाधीश शर्मा घाइते

काठमाण्डु टुडे २०७० असोज २५ गते ३:४६ मा प्रकाशित

Damodar-Prasad-Sharmaकाठमाण्डु, २५ असोज–कायम मुकायम प्रधानन्यायाधीश दामोदर प्रसाद शर्मा काठमाण्डुको आरुबारीस्थित आफ्नै घरमा लडेर घाइते भएका छन् । घरमा लगाइएको सप्ताह पुराणमा काम गर्ने सिलसिलामा लडेर उनी घाइते भएका हुन् ।

विहीबार राती लडेलगत्तै उनलाई बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारकोलागि भर्ना गरिएको थियो । उपचारपछि शुक्रबार विहान उनी डिस्चार्ज भएका छन् । उनको टाउको र खुट्टामा चोट लागेको छ ।

विहीबार उनको ६४ औं जन्मदिन परेको थियो । उनी २००६ साल असोज २४ गते सोमबार जन्मिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us