दोलखामा बस दुर्घटना, १० को मृत्यु

काठमाण्डु टुडे २०७० असोज २५ गते १०:३७ मा प्रकाशित

चरिकोट, २५ असोज–दोलखामा शुक्रबार दिउँसो बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । अन्य २२ जना घाइते भएका छन् । बा २ ख ९२०० नम्बरको बस लाकुरीडाँडा–९ झिँगालीमा दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै र एकजनाको सामुदायीक अस्पताल चरिकोटमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा ६ पुरुष र ४ महिला रहेको प्रहरी नायव उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए । घाइतेहरुको जिल्ला अस्पताल चरिकोटमा उपचार भैरहेको छ ।

काभ्रेको बनेपाबाट दोलखाको भिमेश्वर जाँदै गरेको बस सडकबाट झण्डै २ सय मिटर तल खसेर दुर्घटना भएको हो । बसमा अधिकांश फूलपातीको अवसरमा भिमेश्वर मन्दिरमा पूजा गर्न जान लागेका दर्शनार्थी सवार थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us