प्रत्यक्षतर्फको मतपत्र छाप्न शुरु

काठमाण्डु टुडे २०७० असोज २५ गते ३:२४ मा प्रकाशित

Namuna-Matpatraकाठमाण्डु, २५ असोज–निर्वाचन आयोगले संविधानसभा निर्वाचनको प्रत्यक्ष प्रणालीतर्फको मतपत्रको छपाइ शुक्रबारबाट शुरु गरेको छ । प्रत्यक्षतर्फका दलीय र स्वतन्त्र तर्फका उम्मेदवारहरुलाई विहीबार चुनाव चिन्ह वितरण गरेको आयोगले शुक्रबारबाट मतपत्र छपाइको काम शुरु गरेको हो ।

मतपत्र छपाइको काम सकेर कात्तिक तेस्रोसाता भित्र सबै जिल्लामा पुर्याउने योजना रहेको आयोगका आयुक्त दोलखबहादुर गुरुङले जानकारी दिए ।

यसपाली जनक शिक्षा सामग्री केन्द्र सानोठिमी भक्तपुरमा कडा सुरक्षाकाबीच मतपत्र छाप्ने व्यवस्था मिलाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us