
काठमाण्डु, २८ असोज– दसैंका अन्य दिनमा खुलै रहेको निर्वाचन आयोगसहित देशभरका निर्वाचन कार्यालय विजया दशमीका दिन सोमबार बन्द भएका छन् ।
दसैंको मुख्य दिन भएकाले सोमबार निर्वाचन कार्यालयहरु बन्द गरिएको आयोग प्रवक्ता वीरबहादुर राईले जानकारी दिए । राईका अनुसार मंगलबारदेखि पुन: सबै कार्यालय पूर्ववत रुपमा सञ्चालन हुनेछ । आयोगले ४ मंसिरको निर्वाचन तयारीका लागि भन्दै दसैंमा पनि आयोग र निर्वाचन कार्यालयका कर्मचारीलाई बिदा दिएको थिएन । आयोगले आइतबारसम्ममा समानुपातिकतर्फको ७० हजार मतपत्र छापिसकेको जनाएको छ ।