सपाङ्ग किशोरीभन्दा सफल छन् दृष्ट्रिविहीन किशोरीहरु

काठमाण्डु टुडे २०७० असोज २८ गते १०:०१ मा प्रकाशित

रोल्पा, २८ असोज- उमेरले १९ वसन्त पार गरेकी खुग्री– ८ रोल्पाकी धना घर्ति तारा माध्यामिक विद्यालय विशेष शिक्षा कक्षा ८ मा अध्ययन गर्दै आएकी छिन् ।
एक वर्षको उमेरमा दादुरा रोगका कारण दुवै आँखा गुमाएकी धनाले घरको आर्थिक कम्जारी नै बाल्यकालको अध्ययन गर्नबाट वञ्चित हुने मुख्य कारक बन्न पुग्यो ।
गरिबीकै कारण बाल्यकालमा अध्ययन गर्ने अवसर गुमाएकी थिइन् धना घर्तिले । वि.स २०६० मा रोल्पामा दृष्ट्रिविहीन विशेष शिक्षा स्थापनाँंगै धनालगायतका किशोरीहरुको लागि पठनपाठनको भरपर्दो माध्यम बनेको हो ।
१२ वर्षको उमेरमा विद्यालयमा भर्ना भएकी धना भन्छिन्,“घरमा उत्पादन भएको खाद्यान्नले ६ महिनासम्म पनि खान पुग्दैन, बुवा आमाले ज्याला मजदुरी गर्नुहुन्थ्यो सानै उमेरमा विद्यालय जाने इच्छा भए पनि आर्थिक अवस्था कम्जोरीका कारण विद्यालय जाने अवसर पाइन ।” जिल्ला बाहिर दृष्ट्रिविहीन विशेष शिक्षा विद्यालय भए पनि गरिबीका कारण विद्यालयमा पढ्ने मौका गुमाएको धनाको अनुभव छ ।
तारा माध्यामिक विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने घर्ति गायन क्षेत्रमा पनि राम्रो प्रतिभा भएकी व्यक्ति हुन । जिल्लास्तरमा हुने प्रतियागितामा प्रथम स्थान हासिल गर्ने धनाका लागि दृष्टि विहीन विशेष शिक्षा प्रेरणको स्रोत बनेको छ ।
जिल्ला बाहिर हुने गायन प्रतियोगितामा खाली हात नर्फने धना भन्छिन्, “लोकगित प्रतियोगितामा भाग लिएर पुरस्कार पाउँदा सपाङ्ग जस्तै आफू पनि सक्षम भएको अनुभव हुन्छ ।
दृष्ट्रिविहीन भए पनि खाना पकाउन मादल, हार्मोनियम बजाउन आउँछ साथीहरुले प्रशंसा गरेको सुन्दा खुसी लाग्छ ।”
विद्यालयमा अन्य विद्यार्थीभन्दा सधैँ अगाडि भएकी धना  आमा बुबाको मायाको कहिले पनि महशुस भएन । सधैँ पिँडामा बाँचिरहेकी मैले विद्यालयमा साथीभाईसंगँ बस्दा मात्र अनुभव गरे मायाको परिभाषा । जन्मसँंगै दुवै आँखा गुमाएकी धना पठन पाठनसँगै खाना पकाउन सक्षम छिन् ।
विद्यालयमा शिक्षक शिक्षिकालगायत साथीभाईको माया ममताले धनको समाजमा सङ्र्घष गर्ने शक्ति मजबुद पारेको छ ।
त्यस्तै सोही विद्यालयमा अध्ययन गर्दैआएका लोकेन्द्र महरा  भन्छन हाम्रो आवश्कयता अनुसारको सामग्री पाइरहेका छैनाँै समयमा शैक्षिक सामग्री पाउन सकिरहेका छैनाँै यसका बाबजुद पनि आफूहरुले पढिरहेको महरा बताउँछन ।
विशेष शिक्षा विद्यालयमा अध्यापन गर्दैआएका शिक्षक ओम सेनले दृष्ट्रिविहीनहरुले अन्य विद्यार्थीभन्दा उत्कृष्ट नतिजा ल्याउने बताए । सरकारले प्रतिव्यक्ति रु १७ हजार ७०० मात्र दिएकाले व्यवस्थापनमा निकै समस्या परेको उनले बताए ।
हालसम्म पनि पाठ््यपुस्तक आउन नसकेका स्मरण गर्दै सेनले एउटा विद्यार्थीलाई सरकारले पठाएको खर्चले उनीहरुका लागि ब्रेल पेपर खरिद गर्नसम्म कठिन भएको गुनासो गरे ।
सीमित स्रोतसाधनको बाबजुद कक्षा सञ्चालन गरे पनि दृष्ट्रिविहीन विद्यार्थीको सफलता देख्दा जोश र जाँगर उठेको सेन बताउछन । सेन भन्छन दृष्ट्रिविहीन भए पनि उत्कृष्ट नतिजासँंगै गायन प्रतिभाका कारण धनाको प्रशंसा हरेक विद्यार्थीले गर्छन ।
वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्दा धना जस्तै दृष्ट्रिविहीन विद्यार्थीहरु उत्कृष्ट हुने शिक्षक सेनले बताए । सेनकाअनुसार विद्यालयमा अध्ययन गर्ने १० जना दृष्ट्रिविहीन विद्यार्थी सपाङ्ग विद्यार्थीको तुलनामा उत्कृष्ट नतिजा ल्याई नमूना बनेका छन ।
यता जिल्ला शिक्षा कार्यालय रोल्पाले स्रोत कक्षा व्यवस्थापनको लागि  ८३ हजार रकम आएको जनाएको छ । निमित्त जिल्ला शिक्षा अधिकारी रामहरी थापाले अपाङ«ग विद्यार्थीमध्ये कक्षा ८ सम्मका लागि रु १७ लाख ८२ हजार बजेट निकासा भएको बताए । उत्कृष्ट नतिजा ल्याने दृष्ट्रिविहीन किशोरीलाई पुरस्कृत गर्दैआएको बताउँदै थापाले अतिरित्त क्रियाकलापका लागि रु १७ हजार विशेष शिक्षा स्रोत कक्षाका लागि निकासा भएको जानकारी दिए ।
रोल्पामा पछिल्लो समयमा विशेष शिक्षाको अध्ययन सुरु गरेपछि दृष्ट्रिविहीन भई जीवन जिईरहेका केही दृष्ट्रिविहीनले मात्र भए पनि अध्ययन गर्न पाएका छन् तर यस्तो विद्यालय सदरमुकाममा मात्र सीमित हुनाले दुरदराजमा रहेका थुप्रै दृष्ट्रिविहीन आफूलाइ पछुतो मान्दै बाँचिरहेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us