दुई युवा समूहबीच झडप, तीन घाइते

काठमाण्डु टुडे २०७० असोज २७ गते ६:५० मा प्रकाशित

विराटनगर, २७ असोज – मोरङको डाँगीहाटमा दुई युवा समूहबीच झडप हुँदा तीनजना घाइते भएका छन् ।
घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । डाँगीहाट–५ का दुई युवा समूहबीच सामान्य वषयमा भएको विवादले झडपको रुप लिएको हो । झडपमा दुवैतिरकाले
एकअर्काविरुद्ध खुकुरी प्रहार गरेका थिए । गम्भीर घाइते रणध्वज राईलाई विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भारतको सिलगडी लगिएको छ ।

सामान्य चोट लागेका बुद्ध राई र डेनिल राईको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । प्रहरीले घटनामा संलग्न ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us