वर्षाले बिगार्‍यो दसैं, टीकापछि देशभर चहलपहल कम

काठमाण्डु टुडे २०७० असोज २८ गते ५:१८ मा प्रकाशित

काठमाण्डु, २८ असोज– यसअघिको दसैंमा आफ्नो घरमा मान्यजनका हातबाट टीका र जमरा लगाएपछि उपत्यकासहित देशैभर मानिसहरुको चहलपहल देखिन्थ्यो ।
paniमानिसहरु मूल घरमा टीका थापेपछि अन्यन्त्र टीका लगाउन वा लगाइदिन हिंड्ने गर्थे ।
तर यसपटक सडकहरु सुनसान र हिलाम्य छन् । रातो टीका र पहेंलो जमरा लगाएका मानिसहरु देख्नै रहर लाग्ने जस्तो भएको छ । कारण नेपालका मध्य तथा पूर्वी पहाडी र तराई भागमा साउने झरी झैं पानी परिरहेको छ ।
सोमबारबाट मुलुकका अन्य भेगमा पनि पानी पर्ने र त्यो क्रम कम्तीमा दुई/तीन दिन जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसै त दसैंका कारण सार्वजनिक सवारीका साधनहरु ग्यारेजमा थन्किएपछि हैरान भएका सर्वसाधारणलाई अविरल वर्षातका कारण हिंडडुल गर्न समस्या भएको छ ।
भारतमा आएको पायलिन आँधीको प्रभावका कारण नेपालमा पानी परेको हो ।

सोमबार बिहानसम्म २६ दशमलब ६ मिलिमिटर वर्षात भएको महाशाको भनाइ छ । मौसमविद् विद्यारत्न शाक्यले कम्तीमा अझै तीनदेखि चार दिनसम्म पानी पर्ने जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us