भारतमा एक नेपाली पक्राउ

काठमाण्डु टुडे २०७० असोज २७ गते ४:३९ मा प्रकाशित

काठमाण्डु, २७ असोज – लागुपदार्थ ओसारपोसारमा संलग्न रहेको आरोपमा एक नेपाली भारतमा पक्राउ परेका छन् ।
दिल्ली प्रहरीले ३६ वर्षीय ओम गुरुङलाई  नयाँदिल्लीबाट पक्रेको हो । गुरुङको नेपालस्थित ठेगाना खुलेको छैन  । गुरुङको साथबाट ७ केजी चरेस बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ ।

बरामद चरेशको मूल्य १ करोड ३० नेपाली रुपैयाँ रहेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us