संविधानसभा गठन भएको एक वर्षभित्र संविधान

काठमाण्डु टुडे २०७० असोज २७ गते १०:११ मा प्रकाशित

photo schoolचौतारा–एकीकृत माओवादीका प्रवक्ता अग्नी सापकोटाले आगामी मंसिर ४ गते हुने निर्वाचनपछि गठन हुने संविधानसभाले ६ महिनाभित्र संविधानको मस्यौदा तयार गरी एक वर्षभित्र संविधान घोषणा गर्ने राजनीतिक प्रतिबद्धता व्यक्त गरेका छन ।

राजनीतिक समितिमा भएको सहमति अनुसार सिन्धुपाल्चोक–२ स्थित आफनो निर्वाचन क्षेत्रका मतदाता समक्ष त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन ।
सेती देवी युवा क्लबद्धारा सेतीदेवी पञ्चकन्या उच्च माद्यामिक बिद्यालय कुविण्डेमा आइतवार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रवक्ता सापकोटाले मंसिर ४ गते को संबिधानसभा निर्वाचनलाई कसैले रोक्न नसक्ने बताए ।

अग्रगामी परिवर्तनका पक्षधरलाई बहुमत दिलाउने गरी निर्वाचित गराउन उनले अपिल गरेका छन । पहिचान र सामथ्र्यका आधारमा संघीय संरचना बनाइने बिश्वास दिलाउदै उनले भने ‘संविधानसभा निर्वाचनमा देश र जनताले जित्नुपर्छ ।’ आफूले जनतालाई शिर झुकाउनु पर्ने गरी काम नगरेको स्मरण गराउदै उनले अव पनि जनताको आत्मबिश्वासलाई उच्च बनाउने बिश्वास दिलाए । सिन्धुपाल्चोक–२ मा २५ वटा गाविस छन ।

एकीकृत माओवादीको ताम्सालिङ राज्य समितिमा सबै भन्दा धेरै सहिद भएको गाउँ कुविण्डेलाई नमूना बनाउने प्रतिबद्धता उनले पुन दोहोरयाए ।School
नेकपा–माओवादीलाई संविधानसभा निर्वाचनमा सहभागी गराउन आफूले पहल गरेको स्मरण गराउँदै प्रवक्ता सापकोटाले संबिधानसभा निर्वाचन प्रक्रिया बाहिर रहेर सो पार्टीले आफूलाई कमजोर बनाउदै लगेको बताए ।

‘उहाँहरुलाई हामीले बाहिर राखेको होइन,उहाँहरुको मनोगत र संकिण सोचका कारण बाहिर पर्नु भएको हो ’उनले भने‘जनहित विपरित जाने नीति लिदाँ सिद्दिनुको बिकल्प हुँदैन ।’
संविधान निर्माण गरी स्थिर सरकार बनेपछि मुलुकमा विकासका गतिविधि तीब्र हुने पनि उनले बताए । उनले भने‘विकासमा चमत्कार हुनेवाला छ ।’कार्यक्रममा एकीकृत माओवादीको यूरोप राज्य समितिका सचिव सुरेन्द्र श्रेष्ठले स्वदेशमा बसेर गद्दार हुनु भन्दा विदेशमा पार्टीको शुभचिन्तक हुन उपयुक्त हुने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us