मन्त्रिपरिषद् अध्यक्षबाट मनकामना र मौलाकालिकाको पूजा

काठमाण्डु टुडे २०७० असोज २६ गते ६:१९ मा प्रकाशित

काठमाण्डु, २६ असोज– मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले बडादसैंको अष्टमीका दिन पारेर गोरखाको मनकामना र नवलपरासीको मौलाकालिका khilaraj-finalमसन्दरमा पूजाअर्चना गरेका छन् ।
अध्यक्ष रेग्मी बिहान ९ बजे पूजाअर्चनाका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत मनकामना पुगेका थिए । त्यहाँ पूजाअर्चना गरेलगत्तै उनी हेलिकोप्टरबाटै नवलपरासीको गैंडाकोटमा रहेको मौलाकालिका मन्दिर पुगेका थिए ।

कडा सुरक्षाबीच गएका उनलाई दुवै मन्दिरमा भक्तजनले उनको स्वागत गरेका थिए । दुवै मन्दिरको अवस्थाबारे मसिन्दर व्यवस्थापन समिति सदस्यहरुले अध्यक्ष रेग्मीलाई जानकारी गराएका थिए । रेग्मीले मनकामना र मौलाकालिका मन्दिर संरक्षण र सम्वद्र्धनमा सरकार प्रतिबद्ध रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us