एमालेसँग तालमेल हुँदैन: कोइराला

काठमाण्डु टुडे २०७० असोज २६ गते ९:४९ मा प्रकाशित

नेपालगञ्ज, २६ असोज– काँग्रेस सभापति सुशील कोइरालाले आफ्नो पार्टीको एमालेसँग चुनावी तालमेल हुने कुरा हल मात्र भएको बताएका छन् ।
sushilदसैं मान्न गृहजिल्ला बाँके आइपुगेका उनले नेपालगञ्ज विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै शीर्ष नेता उठेका केही स्थानमा भने दुई पार्टीले एक अर्कालाई सघाउन सकिने बताए । शान्ति र स्थायित्वका लागि लोकतान्त्रिक संविधान आवश्यक रहेकाले निर्वाचनमा काँग्रेसको जित हुनुपर्ने उनको भनाइ थियो ।

उनले लोकतान्त्रिक शक्तिको विजयले मात्र मुलुकले लोकतान्त्रिक संविधान पाउने उल्लेख गरे । कोइरालाले संक्रमणकाल लम्बिएका कारण मुलुकको राष्ट्रियता कमजोर भएकाले तोकिएकै मितिमा शान्तिपूर्ण निर्वाचनको विकल्प नरहेको दोहोर्‍याए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us