उपत्यकाको ट्राफिक व्यवस्थापन कडा

काठमाण्डु टुडे २०७० असोज २६ गते ६:२४ मा प्रकाशित

काठमाण्डु, २६ असोज– चाडपर्वका बेला मादकप्रदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटना हुन सक्ने भन्दै ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाकाले उपत्यकाको ट्राफिक व्यवस्था कडा पारेको छ ।

चाडबाडका बेला मुल सडकभन्दा भित्री सडकहरुमा मादक पदार्थ सेवन गरी गाडी चलाउनेको संख्या अधिक हुने भएकाले महाशाखाले उपत्यकाका गल्ली र चोक चोकमा निगरानी बढाएको छ ।

महाशाखाले दसैं मान्न मानिसहरु राजधानीबाहिर गएकाले काठमाण्डुका बढी चाप हुने बसपार्क, कलंकी, न्यूरोड, कोटेश्वरलगायत स्थानमा यात्रु र मानिसहरुको कम चहलपहल रहेको जनाएको छ ।
बजार प्राय: बन्द रहेका कारण किनमेलका लागि जमघट हुने स्थानहरु समेत सुनसान बनेका छन् । उपत्यकाका सडकमा न्यून संख्यामा मोटरसाइकल, ट्याक्सी र भाडाका गाडी चलेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us