चिनियाँ जनकङ्ग्रेस उपाध्यक्ष स्वदेश प्रस्थान

काठमाण्डु टुडे २०७० असोज २६ गते ११:१३ मा प्रकाशित

काठमाण्डु, ६ असोज– चिनियाँ राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिकी उपाध्यक्ष एवम् शान्ति र नि:शस्त्रीकरणका लागि चिनियाँ जनसङ्गठनकी उपाध्यक्ष यान Yan Junqiजुन्की नेपालको पाँचदिने भ्रमण पूरा गरी शनिबार  स्वदेश प्रस्थान गरेकी छन् ।
स्वदेश फर्कनुअघि विमानस्थलमा उपाध्यक्ष यानलाई नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताइ, परराष्ट्र मन्त्रालयका नायव शिष्टाचार महापाल हेमलाल भट्टराई र नेपालस्थित चिनियाँ दूतावासका वरिष्ठ अधिकारीले बिदाई गरेका थिए ।

भ्रमणका क्रममा उनले राष्ट्रपति रामवरण यादवलाई भेटेर पारस्परिक हित र साझा चासोका विविध विषयमा विचारविमर्श गर्नाका साथै भक्तपुर दरबार क्षेत्र, पोखरा र लुम्बिनीको भ्रमण गरेकी थिइन् । तेर्‍ह सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत मङ्गलबार उनी नेपाल आएकी थिइन् ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us