
काठमाण्डु, २६ असोज– बडादसैंको आठौं दिन महाअष्टमी पर्वका अवसरमा राष्ट्रपति रामवरण यादवले शनिबार काठमाण्डु उपत्यकामा रहेका विभिन्न शक्तिपीठ पुगी पूजाअर्चना गरे ।
उनले नक्सालभगवती, शोभाभगवती, मैतीदेवी, भद्रकाली, सङ्कटालगायत मन्दिरमा पुगी माता भगवतीको दर्शन तथा पूजाअर्चना गरेको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।
यसअघि राष्ट्र प्रमुखका रूपमा तत्कालीन राजाले शक्तिपीठको दर्शन गर्ने परम्परा रहे पनि मुलुकमा गणतन्त्र स्थापना भएपछि राष्ट्रपतिले राष्ट्रप्रमुखका रूपमा हरेक वर्ष महाअष्टमी पर्वका अवसरमा शक्तिपीठको दर्शन तथा पूजाअर्चना गर्दै आएका छन् ।