एमाले स्थायी कमिटी बैठक आज बस्दै

काठमाण्डु टुडे २०७० असोज २७ गते ०:०२ मा प्रकाशित

काठमाण्डु, २७ असोज– संविधानसभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवारको अन्तिम टुङ्गो लगाउन र निर्वाचन घोषणापत्रलाई अन्तिम रूप balkhuदिन एमाले स्थायी कमिटी बैठक आज बस्दैछ ।
निर्वाचन कार्यतालिकाअनुसार समानुपातिकतर्फको उम्मेदवार सूचीमा हेरफेर गरी तत्काल पठाउनुपर्ने भएकाले बडादसौकै बीचमा पनि बैठक बस्न लागेको हो । यसअघि प्रत्यक्षतर्फका उम्मेदवार तय गर्दा पार्टी कार्यालयबाहिर बैठक बसे पनि यसपटक कार्यालयमै बस्ने एमाले महासचिव ईश्वर पोखरेलका सचिवालयका सचिव दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

एमालेले निर्वाचन घोषणापत्र तयारीका लागि महासचिव पोखरेलको संयोजकत्वमा गठन गरेको कार्यदलले शीर्ष नेतृत्वलाई आफ्नो सुझावसहितको प्रतिवेदन दिइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us