ट्याङ्करको ठक्करबाट आठजना घाइते

काठमाण्डु टुडे २०७० असोज २५ गते २:४४ मा प्रकाशित

काठमाण्डु, २५ असोज– काठमाण्डुको टेकुमा शुक्रबार विहान पानी बोक्ने ट्याङ्करले एक निजी भ्यानलाई ठक्कर दिदा ८ जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ ।

कालीमाटीबाट त्रिपुरेश्वरतर्फ आइरहेको बा २ ख ५५१७ नम्बरको ट्याङ्कले विपरित दिशामा रहेका बा १० च ४२२७ नम्बरको भ्यानलाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएकामध्ये ललितपुर लगनखेलका महेश शाहा, शिवजी शाहा, म्यागदीका विकास भुसाल, ट्याङ्करका सहचालक रामेछापका बिर्खबहादुर नेवारको अवस्था गम्भीर छ । घाइते सबैको बीर अस्पतालमा उपचार भैरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us