लोडसेडिङ घट्यो

काठमाण्डु टुडे २०७० असोज २५ गते २:३६ मा प्रकाशित

काठमाण्डु, २५ असोज– नेपाल विद्यतु प्राधिकरणले शुक्रबारदेखि लोडसेडिङको अवधि घटाएको छ । दशैं अवधिभर विहान करिब १३ घण्टा तथा बेलुका साढे ११ घण्टा गरी सातामा सरदर २४ घण्टा मात्रै लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ ।

यस्तै सुनसरीको दुहवी लगायतका पूर्वी क्षेत्रमा विहान ७ र बेलुका ८ घण्टा गरी साताको १५ घण्टा मात्रै लोडसेडिङ हुने छ ।

दशैंको बेला उद्योग कलकारखाना तथा अन्य कार्यालयहरु बन्द हुने भएकाले लोडसेडिङ घटाइएको प्राधिकरणले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us