काँग्रेसी उम्मेदवारले बुझाए प्रहरीलाई हतियार

काठमाण्डु टुडे २०७० असोज २४ गते १५:४४ मा प्रकाशित

बर्दिवास, २४ असोज–दोस्रो संविधानसभा सदस्य निर्वाचनमा महोत्तरी–१का नेपाली काँग्रेसका उम्मेदवार चिरञ्जीवी हमालले आफ्नो स्वामित्वका दुई थान इजाजतप्राप्त हतियार प्रहरीलाई बुझाएका छन ।
हमालले आफ्नो स्वामित्वका २२ बोरको राइफल र एकनाले बन्दुक एक एक थान हतियार बुझाएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । जिल्ला प्रहरी कार्यालयको आग्रह अनुसार निर्वाचन शान्त वातावरणमा सम्पन्न गर्न सहयोग पुग्ने अपेक्षासाथ आपूmले हतियार प्रहरीलाई बुझाएको हमालले बताए । इप्रका बर्दिवासका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक तुल्सीप्रसाद अधिकारीले निर्वाचन सम्पन्न भएपछि जिल्ला प्रशासन कार्यालय एवम् जिल्ला प्रहरी कार्यालयको समन्वयमा आपूmलाई बुझाइएको हतियार इजाजतप्राप्त व्यक्तिलाई फिर्ता गरिने जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले चुनावको शान्तिसुरक्षालाई ध्यानमा राखी इजाजतप्राप्त हतियार राखेकाहरूलाई चुनाव अवधिभरि बुझाउन गत भदौ महिनामै सार्वजनिक आग्रह गरेको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us