
चितवन, २३ असोज– एमाले नेता सुरेन्द्र पाण्डेले एकल जातीय संघीयताको एजेण्डा उठाएका कारण एकीकृत नेकपा माओवादी आसन्न संविधानसभा निर्वाचनमा नराम्ररी पराजित हुने बताएका छन् ।
प्रेस चौतारी चितवनले बुधबार भरतपुरमा गरेको पत्रकार भेटघाटमा उनले माओवादी तेस्रो हुने बताए । उनले नेपालमा बहुजातीय संघीयता आवश्यक रहेकाले एमाले त्यसमा अडिग रहेको उल्लेख गरे ।
बहुजातीय संघीयताका पक्षमा रहेका कारण एमाले पलिहो पार्टी बन्ने दाबी उनको छ । उनले माओवादीेले चितवन टुक्र्याउने अवधारणा अघि सारेकाले चितवनका जनताले उसलाई हराउने तर्क पाण्डेल गरे ।
धादिङका स्थायी बासिन्दा पाण्डे चितवन–१ का प्रत्यक्षचर्फका उम्मेदवार हुन् ।