
काठमाण्डु, २३ असोज–एकीकृत नेकपा माओवादीले काठमाण्डुमा चुनावी प्रचार प्रसार जारी राखेको छ ।
यसैक्रममा काठमाण्डु क्षेत्रनम्बर ३ का एकीकृत माओवादी कार्यकर्ताहरुले बुधबार विहान मोटर साइकल र्याली निकालेका छन् । चाबहिलको चुच्चेपाटीबाट निकालिएको र्याली क्षेत्रभरी नै परीक्रमा गरेको थियो ।
काठमाण्डु क्षेत्रनम्बर ३ मा एमाओवादीले गणेश रेग्मीलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ । रेग्मी अखिल नेपाल टे«ड युनियन महासंघका केन्द्रीय महासचिव हुन् । सो क्षेत्रमा नेपाली काँग्रेसका चक्र ठकुरी र एमालेका रामेश्वर फुयाँल चुनावी प्रतिस्पर्धामा छन् ।