मुगु, २२ असोज– संविधानसभाको निर्वाचनमा मुख्य प्रतिस्पर्धी मानिएका काँग्रेस र एमालेले साना दलहरूबाट उम्मेदवारी दिएका उम्मेदवारलाई मतको सही सदुपयोग गर्न भन्दै उम्मेदवारी फिर्ता गराउनेतर्फ प्रयास गरिरहेका छन् । एमाले स्रोतका अनुसार एमाले समर्थक भएर फरक दलबाट उम्मेदवार बनेका चार जनालाई सहयोग गर्न भन्दै उम्मेदवारी...
काठमाण्डु, २२ असोज– एमाले महासचिव ईश्वर पोखरेलले अर्काे संविधानसभा सदस्य निर्वाचनमा एमाले पहिलो पार्टी नबनेसम्म नभए देश थप २० वर्ष पछाडि धकेलिने बताएका छन् । एमाले काठमाण्डुको खड्काभद्रकाली शाखा कमिटीले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले अघिल्लो संविधानसभामा एमाले तेस्रो शक्तिमा सीमित भएकाले देशले समयमै...
काठमाण्डु, २२ असोज – नेपाली काँग्रेसले वागी उम्मेदवारी फिर्ता नलिनेको पार्टी सदस्यता खारेज गर्ने चेतावनी दिएको छ । पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध असन्तुष्ट काँग्रेस नेता–कार्यकर्ताले वागी उम्मेदवारी फिर्ता नलिने अडान लिएपछि काँग्रेसले कारबाही गर्ने चेतावनी दिएको हो । काँग्रेस महामन्त्री प्रकाशमान सिंहले काठमाण्डु क्षेत्र...
बाँके, २२ असोज–गृहमन्त्री माधव घिमिरेले संविधानसभा निर्वाचन सम्पन्न गर्न सरकारले आवश्यक सबै प्रकारको सुरक्षासम्बन्धी रणनीति तयार गरिसकेको बताएका छन् । गृहमन्त्रालयद्वारा मंगलबार बाँकेको नेपालगन्जमा आयोजित एकदिने संविधानसभा निर्वाचन मध्यपश्चिमाञ्चलस्तरीय क्षेत्रीय सुरक्षा सम्मेलन उदघाटन गर्दै उनले केही दलले निर्वाचन बिथोल्ने कुरा गरिरहे पनि सरकारले त्यसलाई...
काठमाण्डु, २२ असोज–एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न संविधानसभा निर्वाचनमा परिवर्तन पक्षधर शक्तिको जित नभए मुलुक अन्धकारमा फँस्ने बताएका छन् । बडादसैं, दिपावली र छठका अवसरमा पार्टीको काठमाण्डु निर्वाचन क्षेत्र नम्बर–१ ले मंगलबार गरेको कार्यक्रममा उनले आफ्नो पार्टीलाई बहुमत दिन मतदातालाई...
चितवन २२ असोज – नेपाली काँग्रेसका सभापति सुशील कोइरालाका वागी उम्मेदवार विकास कोईरालाले आफ्नो उम्मेदवारी कुनैपनि हालतमा फिर्ता नलिने बताएका छन् । प्रत्यक्षतर्फको उम्मेदवारी फिर्ता लिने अन्तिम दिन मंगलबार विहान चितवनका सन्चारकर्मीसँग कुरा गर्दै उनले उम्मेदवारी फिर्ता नलिने अडान दोहोर्याएका हुन् । ‘कसैले उम्मेदवारी...
काठमाण्डु, २२ असोज–आगामी संविधानसभा चुनावमा प्रत्यक्ष तर्फ उम्मेदवारी दिएकाहरुलाई आफ्नो उम्मेदवारी फिर्ता लिन मंगलबारको समय तोकिएको छ । उम्मेदवारी फिर्ता लिन चाहनेले कार्यालय समय भित्र जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिनसक्ने छन् । आयोगले प्रत्यक्षतर्फको उम्मेदवारहरुको अन्तिम नामावली भने बुधबार प्रकाशित गर्नेछ । निर्बाचन आयोगले...
काठमाण्डु, २२ असोज– समानुपातिक तर्फका उम्मेदवारहरुको वन्दसूचीलाई अन्तिमरुप दिन एकीकृत नेकपा माओवादी केन्द्रीय कार्यालयको बैठक मंगलबार बस्दै छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा दिउँसो बस्ने बैठकले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको बन्दसूचीलाई संशोधन गर्ने बताइएको छ । ‘बैठकले सबै वर्ग र क्षेत्रलाई...
नेपालगन्ज, २२ असोज– बाँके प्रहरीले भारतीय सेनाका एक पूर्वहबल्दारलाई नक्कली नागरिकता बनाएको अभियोगमा पक्राउ गरेको छ । बाँके कोहलपुरका ४६ बर्षीय प्रशान्त घर्तिमगरले आफ्नो नाम पदम बहादुर पुन बनाइ नागरिकता बनाएको फेला परेपछि प्रहरीले पक्राउ गरेको हो । पुनले जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय...
काठमाण्डु, २२ असोज– बडा दशैं अन्तर्गत नवरात्रीको चौथो दिन मंगलबार कुष्माण्डादेवीको पूजा गरिदै छ । पूजाका लागि देशभरका देवी मन्दिरहरुमा श्रद्धालुको घुईंचो लागेको छ । काठमाण्डुको दक्षिणकाली, भद्रकाली, मैतीदेवी, नक्शाल भगवती तथा गोरखाको मनकामना, हेटौडाको चुरियामाइ र भुटनदेवी लगायतका शक्तिपीठहरुमा विहानैदेखि भक्तजनहरुको भीड लागेको...
पोखरा, २२ असोज–क्रान्तिकारी पत्रकार महासंघ कास्कीका सल्लाहकार तथा सराङ्गकोट साप्ताहिकका पत्रकार शिवराज बस्ताकोटी माथि साङ्घातिक आक्रमण भएको छ । सोमबार बेलुकी आफ्नै निवासमा बसिरहेको अबस्थामा उनी माथि अज्ञात समुहले आक्रमण गरेको हो । उनको टाउकोमा चोट लागेको छ । आक्रमण पछि आक्रमणकारी भागेको बताईएको...
विराटनगर, २२ असोज । काठमाण्डुका एक निर्माण व्यवसायीको अपहरणको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । कटहरीका निर्माण व्यवसायी कृष्ण बोहरा, निजका छोरा सुगम र मधेसी जनअधिकार फोरम नेपाल विराट क्षेत्रका सदस्य श्याम मण्डललाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो । काठमाण्डु महानगरपालिका–११...