दशैंको चौथो दिन कुष्माण्डाको पूजा गरिदै

काठमाण्डु टुडे २०७० असोज २२ गते २:५६ मा प्रकाशित

durga-Deviकाठमाण्डु, २२ असोज– बडा दशैं अन्तर्गत नवरात्रीको चौथो दिन मंगलबार कुष्माण्डादेवीको पूजा गरिदै छ । पूजाका लागि देशभरका देवी मन्दिरहरुमा श्रद्धालुको घुईंचो लागेको छ ।

काठमाण्डुको दक्षिणकाली, भद्रकाली, मैतीदेवी, नक्शाल भगवती तथा गोरखाको मनकामना, हेटौडाको चुरियामाइ र भुटनदेवी लगायतका शक्तिपीठहरुमा विहानैदेखि भक्तजनहरुको भीड लागेको छ ।

घटस्थापनादेखि दशैंको टीकाको नौं दिनसम्म हरेक दिन छुट्टा छुट्टै देवीका स्वरुपको पूजा गरिने भएकाले दशैंलाई नवरात्री भन्ने गरिएको हो । दानवमाथि देवीले विजयप्राप्त गरेको खुसीयालीमा दशैं मनाउने गरिएको धार्मिक किम्वन्ती छ ।

प्रतिपदादेखि पूर्णिमासम्म शक्ति स्वरुपा दुर्गा भवानीलाई शैलीपुत्री, ब्रम्हचारिणी चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र बुद्धिदात्रीका रुपमा पूजा गरिने भएकाले पनि दशैं चाड दुर्गा पूजाको नामले प्रचलित छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us