
नेपालगन्ज, २२ असोज– बाँके प्रहरीले भारतीय सेनाका एक पूर्वहबल्दारलाई नक्कली नागरिकता बनाएको अभियोगमा पक्राउ गरेको छ । बाँके कोहलपुरका ४६ बर्षीय प्रशान्त घर्तिमगरले आफ्नो नाम पदम बहादुर पुन बनाइ नागरिकता बनाएको फेला परेपछि प्रहरीले पक्राउ गरेको हो ।
पुनले जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत पदमलाल लामिछानेको नक्कली दस्तखत गरी नेपाली नागरिकता बनाएका थिए । पुनको नेपाली नागरिकता प्रमाणपत्रमा नागरिकता नम्बर नभएको फेला परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।