आज उम्मेदवारी फिर्ता लिन सकिने

काठमाण्डु टुडे २०७० असोज २२ गते ३:१५ मा प्रकाशित

nirbachan-aayogकाठमाण्डु, २२ असोज–आगामी संविधानसभा चुनावमा प्रत्यक्ष तर्फ उम्मेदवारी दिएकाहरुलाई आफ्नो उम्मेदवारी फिर्ता लिन मंगलबारको समय तोकिएको छ । उम्मेदवारी फिर्ता लिन चाहनेले कार्यालय समय भित्र जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिनसक्ने छन् ।

आयोगले प्रत्यक्षतर्फको उम्मेदवारहरुको अन्तिम नामावली भने बुधबार प्रकाशित गर्नेछ ।

निर्बाचन आयोगले सोमबार प्रकाशित गरेको उम्मेदवारहरुको नामावली अनुसार देशभरका २ सय ४० निर्बाचन क्षेत्रमा ६ हजार ३ सय ४३ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रकृया नपुगेको भन्दै ११ जनाको उम्मेदवारी भने रद्ध गरिएको थियो ।
यसैबीच राजनीतिक दलहरुले पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध परेका वागी उम्मेदवार फिर्ताको पहल जारी राखेका छन् ।
समानुपातिक बन्दसूची कात्तिक ६ गते सार्वजनिक हुने
यसैबीच आयोगले समानुपातिक निर्वाचनको राजनीतिक दलले आयोगमा बुझाएको उम्मेदवारीको बन्दसूची कात्तिक ६ गते सार्वजनिक गर्ने जानकारी दिएको छ । आयोगका प्रवक्ता बीरबहादुर राईका अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलले आयोगमा प्रस्तुत गरेका बन्दसूचीमाथिको काम २५ गतेसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us