
गोरखा, २१ असोज – मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले एकीकृत माओवादी नेता बाबुराम भट्टराईलाई उम्मेदवारी फिर्ता लिन मोबाइलमा एसएमएस पठाएको छ ।
नेकपा माओवादीका केन्द्रीय सदस्य एवम् गोरखा इन्चार्ज परशुराम रम्तेलले मोबाइलमा एसएमएस पठाएर भट्टराईलाई उम्मेदवारी झिक्न आग्रह गरेका हुन् । रम्तेलले भट्टराईका स्वकीयसचिव विश्वदीप पाण्डेलाई सोमबार एसएमएस पठाएर उम्मेदवारी फिर्ता लिन भनेका हुन् ।
जिल्लाका अरु उम्मेदवारलाई पत्राचार र टेलिफोन गरेपनि भट्टराईलाई एसएमएस पठाएको रम्तेलले काठमाण्डु टुडेलाई जानकारी दिए । उनले भट्टराईको नम्बर फेला नपरेका कारण ९८५११०१७०२ नम्बरको मोवाइलबाट पाण्डेको ९८५११५५५६७ नम्बरको मोवाइलमा एसएमएस गरेका हुन् ।