लिम्बुवानको अनिश्चितकालीन बन्द फिर्ता

काठमाण्डु टुडे २०७० असोज १८ गते ११:५३ मा प्रकाशित

काठमाण्डु, १८ असोज– संघीय लिम्बुवान राष्ट्रिय मञ्च सम्वद्ध लिम्बुवान राज्य परिषद्ले गरेको अनिश्चितकालीन
पूर्वाञ्चल बन्द फिर्ता भएको छ ।
सरकारसँग भएको वार्ता सकारात्मक भएकाले बन्द फिर्ता गरिएको परिषद् अध्यक्ष कुमार लिङदेनले जानकारी दिए । संविधानसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको विरोधमा मञ्चले बिहीबार गरेको बन्दका क्रममा उसका १८ कार्यकर्तालाई प्रहरीले पक्रेको थियो । लिङ्देनले गृहमन्त्री माधव घिमिरेसँगको वार्ताका क्रममा सरकार आफ्ना कार्यकर्ता छाड्न सहमत भएकाले बन्द फिर्ता लिइएको बताए ।

बन्दका कारण अरुणपूर्वका झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, भोजपुर र धनकुटाको जनजीवन शुक्रबार दिनभर प्रभावित बन्यो । बन्दका कारण सवारी साधन नचल्दा दसैंमा घर हिंडेका सयौं यात्रु बीचैमा अलपत्र परेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us