समाचार

चिकित्सकको सार्कस्तरीय सम्मेलन नेपालमा

२०७० मंसिर ११ गते १०:०४

काठमाण्डु, ११ मंसिर– सार्क क्षेत्रका शल्य चिकित्सकको सम्मेलन पहिलोपटक नेपालमा हुने भएको छ । काठमाण्डुमा मङ्सिर १३ देखि १५ गतेसम्म पहिलो सार्क सर्जिकल केयर सोसाइटी तथा सोसाइटी अफ नेपालको नवौँ राष्ट्रिय सम्मेलन हुन लागेको हो । सम्मेलनको मुख्य उद्देश्य सार्क क्षेत्रमा शल्य चिकित्सको विकासको...

काँग्रेसले पहल गर्नुपर्छः नेपाल

२०७० मंसिर ११ गते ९:५९

काठमाण्डु, ११ मंसिर– एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधानसभा निर्वाचनबाट ठूलो दल बनेको काँग्रेसले नयाँ सरकार गठनका लागि पहल गर्नुपर्ने बताएका छन् । नेता नेपालले निर्वाचनबाट नेपाली काँग्रेस ठूलो दलको रूपमा अघि आएकाले नयाँ सरकार गठनका लागि उसले नै पहलकदमी लिनुपर्ने बताएका हुन् ।...

सञ्चारमा आधारित अध्यापन पद्धती नेपालमा पनि

२०७० मंसिर ११ गते ९:०३

काठमाण्डु, ११ मंसिर– संसारमा जारी शिक्षा पद्धतिलाई परिणाममुखि बनाउन प्रभावकारी सञ्चारमा आधारित अध्यापन पद्धतिको सुरुवात नेपालमा पनि हुने भएको छ । यसका लागि हुम्यानीटेरियन सोसाईटी अफ नेपालले काठमाण्डु र चितवनमा बृहत् तालिम कार्यक्रमको आयोजना गर्दैछ । पहिलो चरणमा काठमाण्डु डिएभी स्कुलमा विभिन्न विद्यालयका करिब...

संविधानसभा र सरकारमा सहभागि हुन माओवादी तयार

२०७० मंसिर ११ गते ८:५७

काठमाण्डु ११ मंसिर–नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले अन्तरिम संविधानमा संसोधन गरेर आफूहरुको उचित प्रतिनिधित्व सुनिश्चित गरिए संविधानसभा र सरकार दुबैमा सहभागि हुन तयार रहेको स्पष्ट पारेका छन ।   मन्त्रीपरिषदबाट मनोनित गर्ने २६ सिट लिएर आफूहरु संविधानसभामा कुनै पनि हालतमा नजाने स्पष्ट पार्दै गजुरेलले अहिलेको...

चीन भन्छ–चाँडो संविधान बनोस्, शान्ति, स्थिरता र विकासका काम तीव्र होस्

२०७० मंसिर ११ गते ७:५६

काठमाण्डु ११ मंसिर–चीनले नेपालमा चाँडै संबिधान निर्माण गरी शान्ति,स्थिरता र बिकासलाई तीब्रता दिन सुझाव दिएको छ । काँग्रेसका उपसभापति रामचन्द्र पौडेलसँग नेपालका लागि चिनियाँ राजदूत वु छुन्थाईले त्यस्तो धारणा व्यक्त गरेका हुन । उपसभापति पौडेल निवास बोहोराटारमा मंगलवार भएको भेटवार्तामा नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न...

सहमतिको राजनीति अघि बढाउन अमेरिकाको सुझाव

२०७० मंसिर ११ गते ६:१७

काठमाण्डु, ११ मंसिर–अमेरिकाले सहमतीय राजनीतिबाट अघि बढन नेपालका राजनीतिक दललाई सुझाव दिएको छ । नेपालका लागि अमेरिकी राजदुत पिटर डब्ल्यू बोडेले काँग्रेस सभापति सुशिल कोइराला र एकीकृत माओवादीका बरिष्ठ नेता डा बाबुराम भट्टसँग मंगलवार भेटवार्ता गरी त्यस्तो सुझाव दिएका हुन । आफनै निवास सानेपामा...

दुई बालकको उद्धार

२०७० मंसिर ११ गते ४:३९

धनगढी, ११ मंसिर–मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था शान्ति पुनःस्थापना गृह धनगढीले कैलालीको त्रिनगर सीमा नाका हुँदै भारततर्फ लैजाँदै गरिएका दुई बालकको सोमबार साँझ उद्धार गरेको छ । गेटा गाविस–७ घर भएका १५ वर्षीय दीलबहादुर चौधरी र १२ वर्षीय वीरेन्द्र चौधरीलाई उद्धार गरिएको पुनःस्थापना गृहका कार्यक्रम...

समृद्धिका लागि पहल थाल्ने सभासदको बचन

२०७० मंसिर ११ गते ४:१५

दाङ, ११ मंसिर–नेपाली काँग्रेस दाङ क्षेत्र नं. ४ र ५ का नवनिर्वाचित संविधानसभा सदस्यहरुले यस क्षेत्रको विकासका लागि पहल थाल्ने बचन दिएका छन् । उद्योग वाणिज्य संघ तुलसीपुरले आयोजना गरेको स्वागत एवम् बधाई ज्ञापन कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा क्षेत्र नं. ५ का...

सर्वाधिक खोजीको सूचीमा रहेका चमार पक्राउ

२०७० मंसिर ११ गते ४:०६

कपिलवस्तु, ११ मंसिर–सर्वाधिक खोजीको सूचीमा रहेका एक जना आरोपीलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । जनतान्त्रिक तराई मुक्ति मोर्चा भगतसिंह समूहमा संलग्न रही जिल्लाका विभिन्न स्थानमा आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले कपिलबस्तुको वीरपुर–८ का ३० वर्षीय राजु कोरी चमारलाई पक्राउ गरेको हो ।...

शरणार्थीलाई कोइला

२०७० मंसिर ११ गते ३:३९

दमक, ११ मंसिर–खाना पकाउन इन्धनका रुपमा प्रयोग गरिने कोइला शरणार्थी शिविरमा पुनः वितरण गर्न थालिएको छ । विगत चार महिनादेखि कोइला वितरण नगर्दा शिविरमा ठूलो समस्या देखापरेको थियो । शिविर सचिव सन्चहाङ सुब्बाले समयमा कोइला नदिएपछि शिविरमा भएका पुराना घरको भाटा, हँसिया, दुम्से सामुदायिक...

माधव नेपालबाट प्रधानमन्त्री बन्न लविङ सुरु

२०७० मंसिर ११ गते ३:३५

काठमाण्डु, ११ मंसिर– संविधानसभा निर्वाचनको अन्तिम परिणाम आउन बाँकी नै छँदा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री बन्ने कसरत थालेका छन् । नेपालले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सोमबार कोटेश्वरस्थित आफ्नै निवासमा भएको भेटमा आफूलाई प्रधानमन्त्री बनाउने काममा अग्रसर भइदिन आग्रह गरेका हुन् ।...

म्यादी प्रहरीले लिए १ अर्ब २६ करोड

२०७० मंसिर ११ गते ३:३०

काठमाण्डु, ११ मंसिर–संविधानसभा निर्वाचनमा सुरक्षा प्रदान गर्न भर्ना गरिएका म्यादी प्रहरी घर फर्किन थालेका छन् । निर्वाचनलाई शान्तिपूर्ण बनाउन देशैभरि खटाइएका म्यादी प्रहरी घर फर्किन थालेका हुन् । म्यादी प्रहरीको समयावधि डेढ महिना हो, जसअनुसार मंसिर १५ गते सबै म्यादी प्रहरीले अवकाश पाउँछन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us