सञ्चारमा आधारित अध्यापन पद्धती नेपालमा पनि

काठमाण्डु टुडे २०७० मंसिर ११ गते ९:०३ मा प्रकाशित

काठमाण्डु, ११ मंसिर– संसारमा जारी शिक्षा पद्धतिलाई परिणाममुखि बनाउन प्रभावकारी सञ्चारमा आधारित अध्यापन पद्धतिको सुरुवात नेपालमा पनि हुने भएको छ । यसका लागि हुम्यानीटेरियन सोसाईटी अफ नेपालले काठमाण्डु र चितवनमा बृहत् तालिम कार्यक्रमको आयोजना गर्दैछ ।

पहिलो चरणमा काठमाण्डु डिएभी स्कुलमा विभिन्न विद्यालयका करिब ७ सय शिक्षकहरुलाई यस पद्धतिको तालिम दिइनेछ । १९ गतेबाट चितवनका शिक्षकहरुलाई सो अध्यापन पद्धतिको तालिम दिएर शिक्षकहरुमार्फत विद्यालयमा लागु गर्ने योजना रहेको संस्थाले बनाएको छ ।

सो संस्थाका अध्यक्ष महेश कुँवरका अनुसार प्रमुख प्रशिक्षक रोको लानाटाले अहिले भएकै विषयलाई प्रभावकारी रुपमा अध्यापन गराएर सामाजिक जस्ता सैद्धाज्तिक विषयमा समेत पूर्णांक नम्बर ल्याउन सकिने अवस्थामा पुर्याईने छ । प्रयोगात्मक अध्यापन तथा मानसिकतलाई बुझेर पढाउने तरिका यस पद्धतिमा समाविष्ट छन् । यस पद्धतिमा ८० नम्बर भन्दा कम अंक ल्याउने विद्यार्थी अनुतिर्ण भएको मानिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us