काठमाण्डु, १० मंसिर– एकीकृत माओवादी, मधेसी दलहरुलगायतको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन पुनः सक्रिय भएको छ । संविधानसभाको निर्वाचनमा पछि परेपछि गठबन्धन सक्रिय भएको हो । एमाओवादी तथा मधेसी लगायतका दलहरु जुट्दै गठबन्धनको सोमबार बेलुकी बसेको बैठकले मतपेटिका ल्याउने क्रममा षडयन्त्र गरी धाँधली भएको भन्दै उच्चस्तरीय...
खोटाङ, १० मंसिर– खोटाङमा बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । जिल्लाको उत्तरी गाविस बाक्सिला–६ का २३ वर्षीय अतित राई पक्राउ परेका हुन् । फेदी–३ की १६ वर्षीषा परियार थरकी एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी...
इलाम, १० मंसिर- इलामको एकतप्पा–६ का रामप्रसाद लिम्बूको ६० मुरी धान भएको कुन्यूमा अचानक आगलागी हुँदा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । साठी मुरी धान फल्ने खेतमा दुईवटा कुन्यू लगाएकोमा दुवै जलेर नष्ट भएकाले अब वर्षदिनभरी के खाने भन्ने चिन्ताले सताएको लिम्बूले दुःखेसो...
काठमाण्डु, १० मंसिर– कांग्रेस र एमालेका केही नेत्रीहरुले सहमतिकै आधारमा नयाँ सरकार र संविधान निर्माण हुनु पर्ने धारणा राख्दै आ–आफ्नो पार्टीका नेता प्रधानमन्त्री हुनु पर्ने जिकिर गरेका छन् । काठमाण्डुमा आयोजित साक्षात्कारमा नेत्रीहरुले जुन दलको बहुमत आएपनि दुई तिहाईको खेलमा नलागेर सहमतिको राजनीति गर्न...
काठमाण्डु, १० मंसिर– संविधानसभाको निर्वाचनमा विजयी दश महिलाले नत्रीले महिला अधिकारका लागि सशक्त रूपमा संघर्ष गर्ने प्रतिवद्धता जनाउका छन् । निर्वाचित सभासदमध्ये ४.१६ प्रतिशत रहेका ती महिला सभासदले महिला अधिकारका लागि प्रतिवद्धता जनाएका हुन् । कास्की ४ बाट निर्वाचित सीता गिरी ओलीले पितृसत्तात्मक मुलुकमा...
काठमाण्डु, १० मंसिर– चुनावको समिक्षा गर्दै एकीकृत माओवादीको केन्द्रीय समितिको बैठकले चुनावको धाँधलीबारे अध्ययन गर्न ५ सदस्यीय समिति गठन गरेको छ । सोमबार पेरिसडाँडामा बसेको एमाओवादी केन्द्रीय समिति बैठकले वर्षमान पुन अनन्त, रामचन्द्र झा, खिमलाल देवकोटा, जनकलाल जोशी र रामनारायण विडारी सदस्य रहनेगरी छानबिन...
काठमाण्डु, १० मंसिर–नेकपा एमालेले आगामी सरकार गठनका तीन विकल्प अघि सारेको छ । एमालेको नेतृत्वमा काँग्रेस, एकीकृत माओवादी र वैद्य माओवादीको सहभागीतामा सरकार गठनलाई उसले पहिलो प्राथमिकतामा राखेको छ । दोस्रो विकल्पमा काँग्रेसको नेतृत्वमा सरकार गठन गर्ने र एमाले विपक्षमा बस्ने तथा तेस्रो विकल्पमा...
काठमाण्डु, १० मंसिर– एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र एमाले बरिष्ठ नेता माधवकुमार नेपालबीच पछिल्लो समयमा उत्पन्न रजनीतिक अवस्थाबारे कुराकानी भएको छ । नेपाल निवास कोटेश्वरमा सोमबार दिउँसो भएको भेटमा चुनावी परिणामका बारेमा छलफल गर्दै नेता नेपालले परिणाम स्वीकार गर्न प्रचण्डलाई आग्रह गरेका...
लहान, १० मंसिर– सिरहाको दक्षिणी भारतीय सीमासँग जोडिएको कचनारी गाविस–२ मा आफूलाई भोट नदिएको भन्दै राष्ट्रिय मधेस समाजवादी पार्टीका तर्फबाट साइकल छापका क्षेत्र नं २ का प्रत्यक्ष उम्मेदवारको समूहले गाउँलेलाई कुटपिट गरेका छन् । तीन दिनअघि मङ्सिर ८ गते राति सोही गाउँका बासिन्दा समेत...
काठमाण्डु, १० मंसिर– एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई नेपालका लागि रुसी राजदूत र यरोपेली संघको राजदूतले संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको र निर्वाचित भएकोमा बधाई दिएका छन् । रुसी राजदूत डा. सर्जेइ भासिलिभिक भेलिच्किनर तथा युरोपेली सङ्घका राजदूतको संयुक्त प्रतिनिधिसँग संविधानसभा निर्वाचनपछिको छुट्टाछुट्टै भएको...
चितवन, १० मंसिर-चितवनको भरतपुर नगरपालिका वडा नम्बर ११ मा रहेको आइएसएमटी कलेजमा अज्ञात समूहले सोमबार बिहान तोडफोड गरेको छ । गत वर्षदेखि बेलायती शैक्षिक उपाधिको अध्ययनअध्यापन गर्नका लागि सुरु भएको सो कलेज दर्ता नभएको भन्दै अभिभावकले विद्यार्थी अन्यत्र पढाउन थालेकाबेला कलेजमा तोडफोड भएको हो...
काठमाण्डु, १० मंसिर– नेकपा–माओवादीका एक नेताले एकीकृत नेकपा माओवादीसँग तत्काल पार्टी एकता असम्भव रहेको बताएका छन् । पार्टी एकताकालागि एमाओवादीको हेटौंडा महाधिवेशनको निर्णय बाधक भएको उनको भनाइ छ । काठमाण्डुस्थित पार्टी निकट एक एफएमसँग सोमबार विहान कुरा गर्दै वैद्य माओवादी उपाध्यक्ष सीपी गजुरेलले पार्टी...