
इलाम, १० मंसिर- इलामको एकतप्पा–६ का रामप्रसाद लिम्बूको ६० मुरी धान भएको कुन्यूमा अचानक आगलागी हुँदा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
साठी मुरी धान फल्ने खेतमा दुईवटा कुन्यू लगाएकोमा दुवै जलेर नष्ट भएकाले अब वर्षदिनभरी के खाने भन्ने चिन्ताले सताएको लिम्बूले दुःखेसो गरे । वर्षदिनभरीको कमाई एकै रातमा स्वाहा भएपछि १२ जनाको परिवार बिचल्लीमा परेको हो ।
लिम्बूले क्षतिपूर्तिका लागि जिल्ला प्रशासन, प्रहरी, रेडक्रसमा निवेदन दिएका छन् । उनको आर्थिक अवस्था निकै नाजुक छ ।