‘साइकलमा किन भोट नदिएको’ भन्दै कुटे

काठमाण्डु टुडे २०७० मंसिर १० गते १०:११ मा प्रकाशित

लहान, १० मंसिर– सिरहाको दक्षिणी भारतीय सीमासँग जोडिएको कचनारी गाविस–२ मा आफूलाई भोट नदिएको भन्दै राष्ट्रिय मधेस समाजवादी पार्टीका तर्फबाट साइकल छापका क्षेत्र नं २ का प्रत्यक्ष उम्मेदवारको समूहले गाउँलेलाई कुटपिट गरेका छन् ।

तीन दिनअघि मङ्सिर ८ गते राति सोही गाउँका बासिन्दा समेत रहेका अशोककुमार यादवसहित आठ जनाको समूहले कचनारी– २ नरगी टोलमा भोट नदिने भन्दै कुटपिट गरेको गाउँलेले बताएका छन् ।

उक्त समूहको कुटपिटबाट स्थानीय ४५ वर्षीय मोहम्मद इसाक गम्भीर घाइते भएका छन् भने अर्का मोहम्मद अलाउद्दीनलाई पनि निर्घात कुटपिट गरेको छ । ‘बाटोमै आक्रमण गर्ने डरले उपचार गर्न समेत जान सकेका छैनौँ’ इसाकले भने ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले घटनाबारे आफूलाई थाहा नभएको बताउँदै तत्काल मातहतको प्रहरीलाई परिचालन गर्ने उल्लेख गरे । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us