प्रचण्ड र नेपालबीच चुनाव परिणामको कुरा

काठमाण्डु टुडे २०७० मंसिर १० गते १०:४१ मा प्रकाशित

prachanda-and-madhav-nepalकाठमाण्डु, १० मंसिर– एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र एमाले बरिष्ठ नेता माधवकुमार नेपालबीच पछिल्लो समयमा उत्पन्न रजनीतिक अवस्थाबारे कुराकानी भएको छ ।

नेपाल निवास कोटेश्वरमा सोमबार दिउँसो भएको भेटमा चुनावी परिणामका बारेमा छलफल गर्दै नेता नेपालले परिणाम स्वीकार गर्न प्रचण्डलाई आग्रह गरेका थिए । प्रचण्डले भने चुनाव धाँधलीपूर्ण भएको भन्दै पुनरावलोकन गर्नु पर्ने बताएका थिए ।

एमाओवादी केन्द्रीय समिति लगत्तै नेता नेपालकोमा पुगेका अध्यक्ष प्रचण्डले सहमतिय पक्रियाबाट संविधान निर्माण प्रक्रिया अघि बढाइए मात्र संविधानसभामा सहभागी हुने बताएका थिए ।

नेता नेपालले सोमबारै तमलोपा अध्यक्ष महन्थ ठाकुर र नेकपा–माओवादीका सचिव सिपी गजुरेलसँग पनि छलफल गरेका थिए । त्यस्तै एमाआवादी अध्यक्ष प्रचण्डले कांग्रेस सभापति सुशील कोइरलासँग छलफल गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us