
खोटाङ, १० मंसिर– खोटाङमा बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । जिल्लाको उत्तरी गाविस बाक्सिला–६ का २३ वर्षीय अतित राई पक्राउ परेका हुन् ।
फेदी–३ की १६ वर्षीषा परियार थरकी एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक दुर्गा रेग्मीले जानकारी दिए ।
बाक्सिला–६ स्थित आफन्तकोमा गएको समयमा आइतबार राति करिब नौं बजेतिर जबरजस्ती करणी गरिरहेको अवस्थामा आफन्तले भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय बाक्सिलालाई खबर गरेलगत्तै छुटेको प्रहरी टोलीले अतितलाई पक्राउ गरेको रेग्मीको भनाइ छ । रासस