के भन्छन् जित्ने महिलाहरु ?

काठमाण्डु टुडे २०७० मंसिर १० गते ११:२४ मा प्रकाशित

sita giri and- sarada paudelकाठमाण्डु, १० मंसिर– संविधानसभाको निर्वाचनमा विजयी दश महिलाले नत्रीले महिला अधिकारका लागि सशक्त रूपमा संघर्ष गर्ने प्रतिवद्धता जनाउका छन् । निर्वाचित सभासदमध्ये ४.१६ प्रतिशत रहेका ती महिला सभासदले महिला अधिकारका लागि प्रतिवद्धता जनाएका हुन् ।

कास्की ४ बाट निर्वाचित सीता गिरी ओलीले पितृसत्तात्मक मुलुकमा महिला ढिलो गरी नेतृत्वमा आएकाले विगतमा महिला अधिकार सुनिश्चित गराउन कठिन थियो, अब भने प्राप्त उपलब्धिलाई संरक्षण गर्दै ५० प्रतिशत अधिकार सुनिश्चित गर्ने बताइन् ।

त्यस्तै कास्की २ बाट निर्वाचित अर्का सभासद शारदा पौडेलले आधा आकास ढाकेका महिलाले राज्यका हरेक निकायमा ५० प्रतिशत नै महिला अधिकारको सुनिश्चिताको माग गरिन् । दलभन्दा माथि उठेर महिला सञ्जाल बनाएर आफूहरू सङघ्र्षरत रहने उनको भनाइ छ ।

यसपटक काँग्रेसबाट पाँच, एमालेबाट चार र एकीकृत नेकपा (माओवादी)बाट एक गरी १० जना महिला विजयी भएका हुन् । निर्वाचनमा कुल २४० निर्वाचन क्षेत्रमा विभिन्न दल तथा स्वतन्त्र गरी छ हजार ३५२ मध्ये ५९१ महिला प्रतिस्पर्धामा उत्रिएका थिए ।

दाङ–१ बाट काँग्रेसकी पार्वता डिसी चौधरीले आठ हजार ७१९, दाङ–२ बाट काँग्रेसकै सुशीला चौधरीले १० हजार ४३०, कास्की–२ बाट काँग्रेसकी पौडेलले ११ हजार ६६२ र कास्की–४ बाट एमालेकी ओलीले १५ हजार ४३८ मत ल्याई विजयी हुनुभएको थियो । बागलुङ–३ बाट काँग्रेसकी ज्ञानकुमारी छन्त्यालले १० हजार ८९, महोत्तरी–२ बाट काँग्रेसकै किरण यादव सात हजार ३५७, बारा–४ बाट एमालेकी खातुनले १२ हजार ३६१ मत ल्याएर विजयी भएका थिए ।

अघिल्लो संविधानसभामा ६०१ मध्ये १९७ महिला सदस्य थिए । तीमध्ये प्रत्यक्ष निर्वाचनमा ३०, समानुपातिकमा १६२ तथा मनोनीत पाँच महिला सहभागी थिए । कुल सभासद्मध्ये महिलाको सहभागिता ३२.७८ प्रतिशत रहेको अघिल्लो संविधानसभामा राजनीतिक दलले भने ३३ प्रतिशत महिलाको उम्मेदवारी दिन कञ्जुस्याइँ गरेका थिए । पार्टीले जित्न नसक्ने अनुमान गरेको स्थानमा मात्र महिलालाई उम्मेदवारी दिन लगाइएको सभासद् ओलीको ठम्याइ छ ।

त्यसैगरी उदयपुर–२ बाट एमालेकी मञ्जुकुमारी चौधरीले सात हजार ५३४, सिरहाबाट काँग्रेसकी सीतादेवी यादवले ११ हजार १४२ र रोल्पा–२ बाट एमाओवादीकी ओनसरी घर्ती मगरले १४ हजार ९६४ मत ल्याई विजयी भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us