संघीय प्रहरी विधेयकमाथि गहिरो छलफल गरौंः प्रचण्ड

काठमाण्डु टुडे २०८२ असार ११ गते १३:२१ मा प्रकाशित

काठमाण्डू, ११ असार– पूर्व प्रधानमन्त्री एवं नेकपा माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय प्रहरी ऐन सम्बन्धी विधेयकमाथि गहिरो छलफल आवश्यक रहेको बताएका छन ।

आज (बुधबार) बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।

अध्यक्ष प्रचण्डले सरोकारवाला र सम्बन्धित सबैका रायसुझाव लिएर विधेयकमाथि दफावार छलफल गर्न आवाश्यक रहेको पनि बताएका छन । प्रचण्डले भने, ‘प्रहरीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक लामो समयदेखि छलफलमा थियो । ढिलै भए पनि सरकारले प्रस्तुत गरेकोमा धन्यवाद दिन चाहन्छु, ‘धेरै वर्षपछि यो विधेयक प्रस्तावित भएको छ ।

अब सम्बन्धित सरोकारवाला सबैको राय सुझाव लिएर विधेयकमाथि व्यापक छलफल गरौं र अधिकतम परिमार्जनसहित पारित गरौं ।’ उनले आफू प्रधानमन्त्री हुँदा पनि प्रहरी ऐन विधेयकका विषयमा लामो छलफल भएको चर्चा गरे ।

‘सैद्धान्तिक र नीतिगत विषय लामो समयदेखि छलफल हुँदै आएका हुन् । म सरकारको नेतृत्वमा हुँदा पनि प्रहरी विधेयकमा छलफल हुने र अगाडि बढाउने प्रयास गरेको थिएँ,’ उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us