काठमाण्डू, १६ असार– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली खेलाडीको शारीरिक विकासमा ध्यान दिनुपर्ने बतताएका छन । नेपाल खेलकुद विकास महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले सरकारले खेल विकासमा ध्यान नदिएको पनि ओलीले बताए ।
ओलीले भने, ‘खेल विकासका लागि सिंगै नेपालीको हाइट बढाउनुपर्ने छ । खेलाडी खान नपाएर कमजोर हुने स्थिति हुनुहुँदैन। यतापट्टि सरकारले ध्यान दिनुपर्ने हो, ‘यहाँ त सरकार हस्तक्षेप गरेर एन्फालाई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध गर्नेतिर लागेको छ । यसलाई टुप्पोमा परिवर्तन खोजेर हुँदैन । जरैदेखि हुनुपर्छ ।’
उनले एन्फालाई प्रतिबन्धबाट मुक्त गरेर नेपाली खेलाडीको नाम विश्वमा चम्काउनेतर्फ ध्यान दिन पनि महासंघलाई अनुरोध समेत गरे । देशै बर्बाद भएको कारण खेलाडीले मात्रै देशलाई अगाडि लैजान नसक्ने ओलीको भनाइ छ ।उनले जेनजी आन्दोलनलाई हिंसाको रुपमा टिप्पणी समेत गरे ।
ओलीले भने, ‘देशै बर्बाद भएको छ भने खेलमात्रै कसरी अगाडि जान्छ । नेपालको हालत त्यही भएको त हो, भूइँचालो, कोभिडले ध्वस्त पार्यो हामीले उकास्ने प्रयास गर्यौं । तर यो कुरा सैह्य भएन । तर तोडफोड हत्या हिंसा मच्याइयो । यसलाई वैधानिकता दिने काम भइरहेको छ।’ उनले सबैभन्दा माथि देश रहेको बताए ।
‘हामी विस्तारै साँच्चै सबै नेपालीले न्याय पाउने नेपाल, सबैलाई माया गर्ने व्यवस्था प्रणालीबाट अघि बढ्नेछौं । लभ आवर कन्ट्री, लभ आवर नेशन, ’देशभन्दा ठूलो केही छैन । त्यस पहिले हो । देशभन्दा माथि केही छैन ।’