नेता नेपालले खाए रुसी तथा युरोपेली राजदूतको बधाई

काठमाण्डु टुडे २०७० मंसिर १० गते १०:०३ मा प्रकाशित

Madhav-Kumar-nepalकाठमाण्डु, १० मंसिर– एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई नेपालका लागि रुसी राजदूत र यरोपेली संघको राजदूतले संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको र निर्वाचित भएकोमा बधाई दिएका छन् ।

रुसी राजदूत डा. सर्जेइ भासिलिभिक भेलिच्किनर तथा युरोपेली सङ्घका राजदूतको संयुक्त प्रतिनिधिसँग संविधानसभा निर्वाचनपछिको छुट्टाछुट्टै भएको राजनीतिक भेटवार्ता नेता नेपाललाई बधाई दिएका हुन् ।

नेता नेपालको निवास कोटेश्वरमा भएको भेटमा रुसी राजदूतले नेपालले राजदूत भेलिच्किनरले नेपालमा नयाँ निर्वाचित संविधानसभाले दलबीच उच्चस्तरको समझदारी कायम गर्दै छिट्टै नयाँ संविधानको निर्माण गरी नेपाल आर्थिक विकासको चरणमा प्रवेश गरोस् भन्ने रुसको चाहना रहेको बताए । उनले यसलाई सघाउन आफ्नो मुलुक तयार रहेको उल्लेख गरे ।

नेता नेपालले संविधानसभा निर्वाचन सम्पन्न गर्न रुसलगायत अन्तर्राष्ट्रिय समुदायको सद्भावप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि सद्भाव एवम् सहयोगको अपेक्षा रहेको बताए ।

त्यस्तै युरोपेली संघका राजदूतहरुलाई नेता नेपालले संविधानसभाको दोस्रो निर्वाचन पश्चात पनि राजनीतिक दलहरुबीच संवाद अघि बढिरहेको र नयाँ निर्वाचित संविधानसभाले सहमति एवम् समझदारीका आधारमा नै नयाँ संविधान जारी गर्ने विश्वास व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us